

-
रामपुर । यस क्षेत्रका महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् ।
रामपुर नगरपालिका–७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्नुहुन्छ । करिब एक दशकदेखि तरकारी व्यवसायमा आबद्ध भट्टराईले पाँचदेखि सात रोपनी क्षेत्रफलमा तरकारी लगाउने गर्नुहुन्छ । उहाँले वर्षमा न्यूनतम रु तीन लाखभन्दा बढी आम्दानी लिन सफल हुनुभएको छ ।
“तरकारी लगाउन शुरु गरेपछि अरूको भर पर्नु परेको छैन, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने भएको छु, तरकारी लगाउने विभिन्न प्रविधि जानकारी भएपछि अहिले उत्पादन पनि राम्रै हुन्छ” उहाँले भन्नुभयो । उहाँलाई तरकारी खेती शुरु नगर्दासम्म अरूको भरमा बाँच्नु परेको थियो । अहिले आफैँले तरकारी लगाएर कमाउन थालेपछि परिवारमा सुखका दिन आएको भट्टराईले अनुभव सुनाउनुभयो ।
बहखोला बस्ने मथुरा ढकालले तरकारी लगाएर आफ्नो जीविका चलाउँदै आउनुभएको छ । कम्तीमा पनि बा¥है महिना तीन रोपनी जग्गामा तरकारी लगाएर छोराछोरीको पढाई खर्च, घरखर्च चलाउने गरेको उहाँले बताउनुभयो । तरकारीबाट उहाँको परिवारको गुजारा राम्रोसँग चलेको छ । विभिन्न जातका तरकारी लगाउँदै आउनुभएको छ । तरकारी बिक्रीबाट मासिक रु ३० हजारसम्म कमाई हुने गरेको ढकालले बताउनुभयो ।
तरकारी नलगाउँदासम्म जीवनमा धेरै दुःख गर्नुभएकी ढकालले छ वर्ष यता तरकारीखेती निरन्तर गर्न थालेपछि अर्काको भर पर्नु नपरेको उहाँको भनाइ छ । सोही ठाउँकै विष्णुमाया पोखरेललाई तरकारी लगाउन थालेपछि श्रीमान्को भरमा पर्नुपर्ने अवस्था छैन । तरकारी लगाएर दिनहुँ हातमा पैसा आउन थालेपछि व्यवसायमा हौसला बढेको पोखरेल बताउनुभयो ।
“आफ्नो खर्च चलाउन कस्ले दुई चार पैसा देला भनेर बस्नु जतिको दुःख जीवनमा केही रहेनछ, अहिले तरकारी लगाउन थालेपछि दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नो खर्च सजिलोसँग चलाउन पाइएको छ” पोखरेलले भन्नुभयो ।
रामपुर नगरपालिका–५ राङभाङ बस्ने ज्ञानुमाया कार्की दुई दशक यता तरकारीखेतीमा आबद्ध हुनुहुन्छ । करिब पाँच रोपनी जग्गामा उहाँको खेतमा हरियाली बाह्रै महिना तरकारी हुन्छ । तरकारी खेतीमा कार्कीले रामपुरमा राम्रो पहिचान बनाउनुभएको छ । “तरकारी लगाएरै दुई दशक बितेको पत्तो भएन, दिनदिनै तरकारी बेच्यो हातमा पैसा आइहाल्यो, यसरी नै आम्दानी लिन थालेको लामो समय भयो, तरकारीबाट नसोचेको आम्दानी भइरहेको छ”, कार्कीले भन्नुभयो ।
तरकारीबाट वर्षमा तीन लाखदेखि पाँच लाखसम्म कमाई गर्नुहुन्छ । अहिले उहाँको व्यवसायबाट गाउँका अन्य महिलाहरुले पनि सिको गर्न थालेका छन् । घरायसी कामधन्दासँगै घरमै बसेर पनि दुई चार पैसा आम्दानी गर्न सकिन्छ । केही न केही गरियो भने दुई चार पैसा आम्दानी लिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् रामपुरका महिलाहरु । यहाँका महिलाहरुको व्यवसायको अवलम्बन गर्न सकेमा महिला परनिर्भरता कम हुदै जानेछ । रासस
News Desk 0 response सोमवार, फाल्गुन ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



