

-
डोटी । दुई हप्तादेखि दिपायललगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई सास्ती हुन थालेको छ । अघोषित विद्युत् कटौतीका कारण सिलगढी, दिपायल, गोपघाट, बानीडुग्रीसैन, मौवा, मेल्लेख, सायल, मुडभारा, कालागाढ, कपल्लेकी, रानागाउँ, वासुदेवीलगायतका ठाउँका व्यवसायी तथा स्थानीयवासी बढी मर्कामा पर्ने गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण दिपायल वितरण केन्द्रले दैनिक ५/५ मिनेटको फरकमा घण्टौँसम्म विद्युत् कटौती गर्ने गरेका कारण यहाँका स्थानीयलाई निकै सास्ती भएको कमला अफसेट प्रेस दिपायल पिपल्लाका सञ्चालक सर्वजित देउवाले बताउनुभयो । जिल्लामा लामो समयदेखि विद्युत् आपूर्तिमा अनियमितता हुँदासमेत सम्बन्धित निकायले समस्या समाधान गर्नतर्फ कुनै पहल नगरेको स्थानीयको आरोप छ ।
यहाँका सेवाग्राहीले विद्युत् कटौतीको बारेमा फोन गरेर विद्युत् कार्यालयमा जानकारी लिन खोज्दा प्रत्येक पटक सिस्टम गएको भन्ने बाहेक अन्य कुरा कर्मचारीले नबताउने गरेका स्थानीयवासीले गुनासो गरेका छन् । विद्युत् कटौतीको मारमा सबैभन्दा धेरै विद्यार्थी र इलेक्ट्रोनिक व्यवसायी परेका छन् । विद्युत् प्राधिकरण दिपायल शाखाले अनियमित ढङ्गबाट दैनिक विद्युत् कटौती गर्दा सर्वसाधारण निकै मारमा परेका हुन् । विद्युत् प्राधिकरणले एकै पटकमा तीन/चार घण्टा विद्युत् कटौती गर्ने गरेको छ ।
अनियमित विद्युत् कटौतीका कारण अन्य होटेल व्यवसायीहरु पनि मारमा परेका छन् । विद्युत् प्राधिकरणको हेल्चक्र्याइका कारण लाखौँका सर सामानमा क्षति पुगेको शिखर नगरपालिकास्थित गोपघाटका इलेक्ट्रोनिक व्यापारी लक्षमण खत्रीले गुनासो गर्नुभयो । रासस
News Desk 0 response सोमवार, फाल्गुन ५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



