

-
डोटी । दुई हप्तादेखि दिपायललगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई सास्ती हुन थालेको छ । अघोषित विद्युत् कटौतीका कारण सिलगढी, दिपायल, गोपघाट, बानीडुग्रीसैन, मौवा, मेल्लेख, सायल, मुडभारा, कालागाढ, कपल्लेकी, रानागाउँ, वासुदेवीलगायतका ठाउँका व्यवसायी तथा स्थानीयवासी बढी मर्कामा पर्ने गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण दिपायल वितरण केन्द्रले दैनिक ५/५ मिनेटको फरकमा घण्टौँसम्म विद्युत् कटौती गर्ने गरेका कारण यहाँका स्थानीयलाई निकै सास्ती भएको कमला अफसेट प्रेस दिपायल पिपल्लाका सञ्चालक सर्वजित देउवाले बताउनुभयो । जिल्लामा लामो समयदेखि विद्युत् आपूर्तिमा अनियमितता हुँदासमेत सम्बन्धित निकायले समस्या समाधान गर्नतर्फ कुनै पहल नगरेको स्थानीयको आरोप छ ।
यहाँका सेवाग्राहीले विद्युत् कटौतीको बारेमा फोन गरेर विद्युत् कार्यालयमा जानकारी लिन खोज्दा प्रत्येक पटक सिस्टम गएको भन्ने बाहेक अन्य कुरा कर्मचारीले नबताउने गरेका स्थानीयवासीले गुनासो गरेका छन् । विद्युत् कटौतीको मारमा सबैभन्दा धेरै विद्यार्थी र इलेक्ट्रोनिक व्यवसायी परेका छन् । विद्युत् प्राधिकरण दिपायल शाखाले अनियमित ढङ्गबाट दैनिक विद्युत् कटौती गर्दा सर्वसाधारण निकै मारमा परेका हुन् । विद्युत् प्राधिकरणले एकै पटकमा तीन/चार घण्टा विद्युत् कटौती गर्ने गरेको छ ।
अनियमित विद्युत् कटौतीका कारण अन्य होटेल व्यवसायीहरु पनि मारमा परेका छन् । विद्युत् प्राधिकरणको हेल्चक्र्याइका कारण लाखौँका सर सामानमा क्षति पुगेको शिखर नगरपालिकास्थित गोपघाटका इलेक्ट्रोनिक व्यापारी लक्षमण खत्रीले गुनासो गर्नुभयो । रासस
News Desk 0 response सोमवार, फाल्गुन ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२