

-
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले यहाँभित्र रहेका पाँच ए डिभिजन क्लबलाई प्रोत्साहनस्वरुप रु चार/चार लाख उपलब्ध गराएको छ । उक्त क्लबमा थ्रीस्टार, जावलाखेल, फ्रेण्डस्, ब्रिगेड ब्वाइज र च्यासल छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएवापत अन्य तीन समूहमध्ये ए डिभिजनको थ्रीस्टार र जावलाखेल क्लबले थप रु १२ लख र रु चार लाख रकम प्राप्त गरेका हुन् । गत वर्ष थ्रीस्टारले सात पदक हासिल गरेकामा रु २८ लाख र जावलाखेलले राष्ट्रियस्तरको एउटा प्रतियोगितामा प्रथम स्थान हासिल प्राप्त गरेको थियो ।
यसैगरी महानगरपालिकाले बी डिभिजन क्लबलाई रु तीन/तीन लाख प्रोत्साहनस्वरुपको रकम प्रदान गरेको छ । रु तीन लाख पाउने बी डिभिजनका क्लबमा खुमलटार, सातदोबाटो, झम्सिखेल र पुल्चोक रहेका छन् । सी डिभिजन क्लबलाई महानगरपालिकाले रु दुई÷दुई लाख प्रोत्साहन रकम प्रदान गरेको छ । रु दुई लाख पाउने उक्त समूहमा खालीबारी र सानेपा रहेका छन् ।
महानगरपालिकाले गत वर्षदेखि नै वार्षिक बजेटमा व्यवस्था गरी फुटबल क्लबलाई रकम हस्तान्तरण गर्दै आएको जनाएको छ । सो रकम हस्तान्तरण गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आगामी नगरसभामा निर्णय गराएर फुटबल क्लबहरुलाई दिइने प्रोत्साहन रकम वृद्धि गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष धेरै पदक हाम्रो महानगरपालिकाका क्लबहरुले हासिल गर्न सकेनन्, यो हाम्रो लागि दुःखको कुरा हो ।” आगामी वर्ष महानगरपालिकाभित्र बढीभन्दा बढी पदक भित्र्याउन खेलाडीले थप मेहनत गर्नुपर्ने महर्जनले औँँल्याउनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



