

-
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाले यहाँभित्र रहेका पाँच ए डिभिजन क्लबलाई प्रोत्साहनस्वरुप रु चार/चार लाख उपलब्ध गराएको छ । उक्त क्लबमा थ्रीस्टार, जावलाखेल, फ्रेण्डस्, ब्रिगेड ब्वाइज र च्यासल छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएवापत अन्य तीन समूहमध्ये ए डिभिजनको थ्रीस्टार र जावलाखेल क्लबले थप रु १२ लख र रु चार लाख रकम प्राप्त गरेका हुन् । गत वर्ष थ्रीस्टारले सात पदक हासिल गरेकामा रु २८ लाख र जावलाखेलले राष्ट्रियस्तरको एउटा प्रतियोगितामा प्रथम स्थान हासिल प्राप्त गरेको थियो ।
यसैगरी महानगरपालिकाले बी डिभिजन क्लबलाई रु तीन/तीन लाख प्रोत्साहनस्वरुपको रकम प्रदान गरेको छ । रु तीन लाख पाउने बी डिभिजनका क्लबमा खुमलटार, सातदोबाटो, झम्सिखेल र पुल्चोक रहेका छन् । सी डिभिजन क्लबलाई महानगरपालिकाले रु दुई÷दुई लाख प्रोत्साहन रकम प्रदान गरेको छ । रु दुई लाख पाउने उक्त समूहमा खालीबारी र सानेपा रहेका छन् ।
महानगरपालिकाले गत वर्षदेखि नै वार्षिक बजेटमा व्यवस्था गरी फुटबल क्लबलाई रकम हस्तान्तरण गर्दै आएको जनाएको छ । सो रकम हस्तान्तरण गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आगामी नगरसभामा निर्णय गराएर फुटबल क्लबहरुलाई दिइने प्रोत्साहन रकम वृद्धि गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष धेरै पदक हाम्रो महानगरपालिकाका क्लबहरुले हासिल गर्न सकेनन्, यो हाम्रो लागि दुःखको कुरा हो ।” आगामी वर्ष महानगरपालिकाभित्र बढीभन्दा बढी पदक भित्र्याउन खेलाडीले थप मेहनत गर्नुपर्ने महर्जनले औँँल्याउनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६


सम्बन्धित शीर्षकहरु

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो
बुधबार, असार ४, २०८२-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२