

-
बग्दाद । इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।
उच्च सुरक्षा व्यवस्था सहितको धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको “ग्रिन जोन”मा क्षेप्यास्त्र प्रहार लगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरुले क्षेप्यास्त्र प्रहारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् ।
बिहीबार पनि के१ सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षेप्यास्त्र प्रहार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ ।
गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका थिए ।
इराकका विभिन्न स्थानमा रहेका अमेरिकी सैनिक अखडा र ग्रिन जोनमा विद्रोही पक्षले बेलाबखत मोर्टार र क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् । रासस/सिन्ह्वा
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



