

-
सर्लाही । विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा वढी नाघेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २०० पुगेको छ ।
केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिनुभयो । केन्द्रको त्रिचालिस हजार ९०० ग्राहक मध्ये ५० प्रतिशतले मात्र नियमित महसुल बुझाउने गरेका र लाइन नकाटेसम्म बाँकी ग्राहकले महसुल नबुझाउने गरेको उहाँले बताउनुभयो । ती ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेका जनाइएको छ ।
बक्यौता सबैभन्दा धेरै ओम शान्ति फ्रुट प्रोडक्सन प्रालिको रु २७ लाख ५० हजार ८१२ रहेको जनाइएको छ । तर सो प्रालिले मासिक रु १० लाखभन्दा बढी महसुल नियमित तिर्ने गरेको कार्यालयले जनाएको छ । त्यसैगरी केही ग्राहकले समयसमयमा मात्र नभई लाइन काटिँदासमेत विद्युत् महसुल बक्यौता नतिरेका कारण कालो सूचीमा राखिएको छ ।
सामान्यतय दुई महिना अर्थात ६० दिनसम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाइन नकाटिएको र सो समयभन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाइन काटिएको छ । “आफूहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत् महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यलयको आग्रहलाई बेवास्ता गर्ने ग्राहकहरुको लाइन काट्ने गरेको छौ, ” उहाँले भन्नुभयो । कतिपय ग्राहकहरु लाइन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका कार्यलयले जनाएको छ ।
गार्हस्थ्य तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि विद्युत् महसुल समयमै नतिर्ने सूचीमा परेका छन् । मिटर जडान नगरी विद्युत् तारमा हुक लगाएर तथा मिटरबाट नै चोरी गरी बत्ती बाल्नेहरुको सङ्ख्यामा केही सुधार आएको कार्यालयले जनाएको छ । ७२ जना ग्राहकलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कारवाही गरिएको छ ।
लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिका सबै वडा, वाग्मती नगरपालिकाका ६ वडा, कविलासी नगरपालिकाका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको छ । चालू आर्थिक वर्षको श्रावणदेखि माघ २७ गतेसम्म रु १७ करोड ४६ लाख ५९ हजार ८०० महसुल सङ्कलन र साही अवधिमा रु १३ करोड ११ लाख ३६ हजार २१२ महसुल बक्यौता बाँकी रहेको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको माघ महिनासम्ममा २८२ जना ग्राहकको महसुल नतिरेका कारण लाइन काटिएको उनीहरुबाट रु एक करोड १८ लाख ९५ हजार १२१ बराबर बक्यौता रहेको थियो । २०६ ले विद्युत् महसुलबापतको रकम रु ७३ लाख ८१ हजार २१८ तिरेर लाइन पुनःसुचारु गरेको कार्यलयले जनाएको छ । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२