

-
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट परीक्षण उत्पादन शुरु भएको छ ।
पन्ध्र वडा रहेको यस नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने उद्देश्यले स्थापना गरिएको उद्योगबाट शुक्रबारदेखि परीक्षण उत्पादन शुरु भएको हो । नेपाल सरकारको विशेष अनुदानबापतको रु तीन करोड ३२ लाख लगानीमा कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “आगामी पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण प्राङ्गारिक बनाउने उद्देश्यका साथ कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “दिक्तेल बजार तथा आसपासको फोहरलाई प्रशोधन गरेर कम्पोष्ट मल तथा मानव मलमूत्रलाई प्रयोग गरेर बायोग्याँससमेत उत्पादन गरिनेछ ।”
उद्योगबाट उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रुपमा प्रयोग गर्ने योजनाका साथ उद्योग स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले बताउनुभयो । “उद्योगले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै प्राङ्गारिक नगर बनाउन टेवा पुग्नेछ”, उहाँले भन्नुभयो, “उद्योगबाट उत्पादित मल र ग्याँसले नगरपालिकाको आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”
परीक्षण उत्पादन सफल भएको कम्पोष्ट मल तथा बायोग्याँस उद्योग केही दिनपछि औपचारिक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा कम्पोष्ट मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् ।
उद्योगमा स्थानीय चार युवाले पूर्णकालीनरुपमा प्रत्यक्ष तथा २५ जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित कम्पोष्ट मल नगरपालिकाबाहेक जिल्ला अन्य स्थानीय तहमा समेत बिक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकाको थुप्रै वडा यसअघि नै प्राङ्गारिक वडा भइसकेका छन् । नगरपालिकाको वडा नं ९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडा प्राङ्गारिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरुपमा प्राङ्गारिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।
कम्पोष्ट मलको विकल्प बिना पूर्णरुपमा प्राङ्गारिक नगर बनाउन नसकिने भएकाले कम्पोष्ट मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ । विशेष प्राथमिकताका साथ अघि सारिएको प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत यसअघि सम्बन्धित सरोकारवाला व्यक्तिसँगको सहभागितामा रासायनिक मल तथा विषादी प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकालाई व्यवस्थित ढङ्गले प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत रासायनिक मलको अनुदानमा रोक लगाउँदै कम्पोष्ट मलको विकल्प सँगसँगै अघि सारिएको नगर उपप्रमुख विणादेवी राईले बताउनुभयो । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराउनुभएको खाली जग्गामा कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको हो । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२