

-
वीरगञ्ज । जिल्ला आपूर्ति समितिले तोकेको मूल्यभन्दा बढी मूल्यमा किसानलाई रासायनिक मल बिक्री गरी कालोबजारी गर्ने पर्साका तीन संस्थालाई कारवाही गरी नसिहत दिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ ।
पर्साभित्र रासायनिक मल बिक्री गर्ने ९५ सहकारी संस्था रहेकामा तीन सहकारी संस्थाले तोकिएको मूल्यभन्दा बढी रकम लिएर रासायनिक मल बिक्री वितरण गरेको मौखिक उजुरी आएपछि कारवाहीस्वरुप पहिलोपटक नसिहत दिई छाडिएको छ । प्रादेशिक प्रबन्धक गोविन्दप्रसाद पराजुलीले राससलाई भन्नुभयो, “अब ती सहकारीले बढी मूल्य लिएर मल बेचेको पाइएमा डिलरसीप खारेज गरिनेछ।”
थोक विक्रेताले सरकारी सहुलियत दरमा कृषि सामग्री कम्पनीबाट ५० केजी बोरा भएको युरिया मल प्रतिबोरा रु ७००, डिएपी ५० केजीको रु दुई हजार १५० र पोटास ५० केजीको प्रतिबोरा रु एक हजार ५५० मा खरीद गर्ने गरेको छ । तर ती थोक विक्रेताले ढुवानी खर्च, लोडअनलोड खर्च र बाटोमा अतिरिक्त रकम दिनुपर्ने बहाना देखाइ बढी मूल्यमा मल बिक्री गर्ने गरेको गुनासो आउन थालेपछि सो कार्यालयले अहिले कडाइ रहेको छ ।
जिल्ला आपूर्ति समितिले आधिकारिक सहकारी संस्थालाई प्रतिबोरा सबै खर्च लगाएर प्रतिबोरा नयूनतम रु २० र अधिकतम रु १५०सम्म मुनाफा लिएर बेच्नुपर्ने निर्देशन दिएपनि केही संस्थाले बढी रकम लिएर बेच्न थालेको गुनासो बढन थालेपछि सो कार्यालयले कालोबजारीलाई रोक्न नियमित र पारदर्शी ल्याउन बेलाबेलमा नियमित अनुगमन गर्ने गरेको छ ।
सो कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्म युरिया ७६२ टन, डिएपी ४३ टन र पोटास चार टन बिक्री गरिसकेको छ । कार्यालयसँग हाल युरिया ११ हजार ५०० टन, डिएपी तीन हजार ८०० टन र पोटास १०० टन मौज्दात अवस्थामा रहेकाले यसवर्ष किसानलाई रासायनिक मलको अभाव नहुने सो कार्यालयले दाबी गरेको छ ।
सो कार्यालयले पर्सा जिल्लाभन्दा बाहिर काठमाडौँ, धुलिखेल, त्रिशूली, हेटौँडा, भरतपुर, जनकपुर, चन्द्रनिगाहपुर, कलैया, पोखरा, दमौली, कावासोती, मलङ्गवा, गजुरी, ढलकेवर, सिन्धुलीलगायतका ठाउँमा एक हजार ५८ टन पोटास पठाएको छ । विगत केही दिनदेखि पर्सामा गहुँखेती गर्ने किसानले पोटासको अभाव खेप्दै आएपनि हाल पर्याप्त मात्रामा पोटासलगायतका मल सो कार्यालयमा रहेको र अन्य मल तेस्रो मुलुकबाट कलकता बन्दरगाहबाट रेलमार्ग हँुदै वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आउने क्रम जारी छ । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



