

-
काठमाडौँ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक पर्यटक आउने गर्छन् ।
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यसपटक महाशिवरात्रिलाई विशेषरुपमा मनाउने तयारी कोषले गरिरहेको छ । महाशिवरात्रि मनाउन यस वर्ष कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
पशुपति क्षेत्र वरपर महाशिवरात्रिअघि प्रत्येक दिन सफाइ अभियान चलाउन लागिएको कोष सञ्चालक सदस्य आशा पाण्डेले जानकारी दिनुभयो । भ्रमण वर्षका अवसरमा विदेशमा समेत प्रचारप्रसार भइरहेकाले पनि पशुपति क्षेत्रलाई सफा राख्न मन्त्रालयलेसमेत विशेष निर्देशन दिएको छ ।
यसैगरी मुहानदेखिकै नदी सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले पनि पशुपतिभन्दा माथिको वाग्मतीमा विशेष सफाइ अभियान शुरु गरेको छ । महाशिवरात्रिमा वाग्मती सक्दो स्वच्छ पानी बगाउने उद्देश्यले यो अभियान शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । त्यस क्षेत्रका स्थानीय सङ्घसंस्था, गुह्येश्वरीमाथिका विद्यालयको समेत सक्रियतामा यस क्षेत्रको नदी सफाइ गर्न लागिएको हो । मञ्चले प्रत्येक हप्ता शनिबार हुने गुह्येश्वरीमाथिको वाग्मती सफाइमा पनि विद्यालयका विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।
यस वर्ष फागुन ९ गते महाशिवरात्रि परेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले महाशिवरात्रिका दिन देवादिदेव महादेवको पूजा आरधाना, रुद्राभिषेक गरी मनाउने गर्छन् । कोषले ११ उपसमिति गठन गरी पशुपति क्षेत्रमा महाशिवरात्रि विशेषरुपमा मनाउने तयारी गरेको छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



