-
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
खेलमा पहिलो अग्रता भने एनआरटीले लियो । खेलको ३०औँ मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै हिमालयन शेर्पाले खेलको पहिलो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । हिमालयन शेर्पाका विदेशी खेलाडी स्टेफन समिरले खेलको ४१औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।
त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हिमालयन शेर्पाले एक गोल थप्यो । हिमालन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गर्दै हिमालयनको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि अन्ततः हिमालनय शेर्पाले २–१ को जित हात पा¥यो । जितसँगै हिमालयन शेर्पा १४ अङ्क जोड्दै तालिकाको दशौँ स्थानमा रहेको छ । यता १५ अङ्क जोडेको पराजित एनआरटी नवौँ स्थानमा छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६
सम्बन्धित शीर्षकहरु
वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
बिहिबार, पुस १८, २०८१-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१