-
कास्की । कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर गण्डकी प्रदेशअन्तर्गतका स्थानीय तहबीच ‘अध्यक्ष कप भलिबल’ प्रतियोगिता गर्ने भएको छ । यही फागुन २४ देखि २७ सम्म गाउँपालिकाले दोस्रो संस्करणको भलिबल प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । भलिबल प्रतियोगितामा गण्डकी प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहलाई सहभागिताका लागि पत्राचार गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । युवालाई खेलकूदको माध्यमबाट उनीहरुको शारीरिक, मानसिक, संवेगात्मक र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो । भलिबल प्रतियोगिताको विजेताले रु एक लाख २० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीयले रु ९० हजार, तृतीयले रु ६० हजार तथा सान्त्वनालाई रु ३० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रोलाई जनही रु तीन हजारका दरले पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने बताइन्छ । त्यसैगरी गाउँपालिकाभित्र लोप हुन लागेको विभिन्न जाति तथा समुदायको संस्कृति तथा परम्परालाई जर्गेना र संरक्षण गर्ने उद्देश्यले पालिकास्तरीय झाँकी प्रदर्शनीसमेत आयोजना गरिएको छ । जसमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु ४० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने बताइन्छ । रासस
News Desk 0 response शुक्रबार, फाल्गुन २, २०७६
सम्बन्धित शीर्षकहरु
एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१