

-
काठमाडौँ । साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार ३४४.५९ मा पुुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४ मा रोकिएको छ । स्टकका अनुसार कूल १७२ कमपनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.९४ अंकले घट्दा होटल ३१.४३, विकास बैंक ८.६२, जलविद्युत् ३.४७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अंकले ओरालो लागेको छ । व्यापार २३.८९ अंकले बढ्दा वित्त ०.१८, निर्जीवन बीमा ५५.९२, उत्पादन ३८.६६, अन्य ०.२४, लघुवित्त २९.५४ र जीवन बीमा उपसमूहको शेयर १०२.७४ मा खरिदबिक्री भयो ।
कारोवार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड ४६ लाख ६४१ मा खरिदबिक्री भयो । शिवम् सिमेन्टको रु नौ करोड ७५ लाख ३४ हजार ३८८, एसियन लाइफ इन्स्योरेन्सको रु छ करोड ५१ लख ८२ हजार ७७६, नागरिक लगानी कोषको रु ५ करोड ८२ लाख ४८ हजार २७६, एनआइसी एसियाको रु पाँच करोड एक लाख ३६ हजार ३४८ र नेपाल इस्योरेन्स कम्पनीको शेयर रु चार करोड ८८ लाख ५२९ मा खरिदबिक्री भयो ।
परिसूचक घटेपनि हिमालयन डिष्टिलरीका शेयरधनीले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ८.९३, राधी विद्युत् कम्पनी ७.४८, एनएलजी इन्स्योरेन्स ६.४०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ५.६२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५२ प्रतिशतले कमाए ।
नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ५.१० प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल ४.९२, कालिका पावर कम्पनी ४.६७, ग्रीन डेभलपमेन्ट बैंक ४.१६, लक्ष्मी इक्विटी फण्ड ३.७२, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ३.४४ प्रतिशतले गुमाए । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



