

-
राँझा । नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ । बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्जलाई दिइएकोे उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज जानकारी दिनुभयो ।
पाँच वर्षको लागि सञ्चालनको जिम्मेवारी प्राप्त गरेको सप्लायर्सका सञ्चालक सन्तोष केसीले जानकारी दिनुभयो । बसपार्कलाई व्यवस्थित सुन्दर र सफा आकर्षक बनाउन आफूहरुले पहिलो ध्यान दिने सप्लायर्सका अर्का सञ्चालक राकेश रानाले जानकारी दिनुभयो । “नेपालगञ्जको आधुनिक बसपार्कको व्यवस्थापन जिम्मेवारी पाउनु हाम्रो लागि ठूलो अवसर हो ।” उहाँले भन्नुभयो, “यो जिम्मेवारी पाउँदा हामी उत्साहित छौँ, उपमहानगरपालिकासँग गरिएको शर्तभन्दा अझ बढी राम्रो काम गरेर देखाउने छौँ ।”
चार बिघा १० कट्ठा जग्गामा रु १६ करोड १६ लाखको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । बसपार्कमा १२३ ठूला र ५६ साना बस राख्न सकिने क्षमता छ । उपमहानगरपालिकाले सम्पूर्ण बस बसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेपछि बसपार्कमा चहलपहल बढेको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



