

-
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।
नयाँ सडकस्थित निगम मुख्यालयमा बुधबार आयोजित कार्यक्रमका पदभार ग्रहण गर्दै उहाँले निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउने र निगम बुझेका कर्मचारीले संस्थाको सुधारमा कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्न आग्रह गर्नुभयो । सचिव अधिकारीले विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।“निगममा सरकारको लगानी भएकाले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ ता पनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिनेछ”, उहाँले भन्नुभयो ।
निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकाले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्नुभयो । उक्त अवसरमा विभिन्न विभागका निर्देशकले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
नेपाल वायुसेवा निगमले आगामी फागुन १९ गतेदेखि जापानको नारितामा गर्न लागेको उडान तालिकामा कुनै परिवर्तन नगरेको र सोही दिनदेखि उडान थालिने विश्वास दिलाएको छ ।
जापानबाट प्रसारण हुने एउटा सञ्चारमाध्यममा निगमको नारिता उडानको मिति पर सारिएको भन्ने समाचारप्रति निगमको ध्यानाकर्षण भएको भन्दै आवश्यक आधिकारिक जानकारी नलिई प्रसारित उक्त समाचारको खण्डन गरेको छ । साथै नारिता उडानबारे निगमको निर्धारित उडान तालिका बदलियो भन्नेबारेमा भ्रममा नपर्न सम्बन्धित निकाय सबैमा विज्ञप्तिमार्फत अवगत गराएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



