-
बेत्रावती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको आज उद्घाटन गर्दै उहाँले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने बताउनुभयो । “आगामी तीन वर्षमा गुणात्मक प्रगति गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराउनुपर्ने कार्यभार शिक्षाका माध्यमबाट मात्रै सकिने आशा लिएका छौ”, उहाँले भन्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिनुभयो । सांसद नारायणप्रसाद खतिवडाले शिक्षाका माध्यमबाट कृषि, पर्यटन, जलविद्युत् लगायतको सीप प्रवद्धन गर्ने सिकाइको विकास गराउन सक्नुपर्ने बताउनुभयो ।
नेकपा नुवाकोटका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले विद्यालयको भवन निर्माण मात्र नभइ विद्यालय पुग्न सहज बाटो र सडकको अभावले विद्यार्थी सङ्ख्या बढाउन र विद्यालयमा नियमित गराउन प्रदेश सरकार नयाँ योजना तथा नीति बनाउने क्रममा रहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भूकम्पले क्षति पु¥याएकामध्ये सात हजार ५०० क्षतिग्रस्त विद्यालयमध्ये पाँच हजार ५०० को पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माणको प्रक्रियामा रहेका बताउनुभयो । उहाँले नुवाकोटमा ४५३ विद्यालयमध्ये ३६४ को पुनःनिर्माण सम्पन्न भइसकेको र २६ विद्यालय जग्गा अभावमा निर्माणमा समस्या भएकाले सामुदायिक विद्यालयका लागि समुदायबाट जग्गा उपलब्ध गराउन अपिल गर्नुभयो ।
उक्त विद्यालयको १५ कोठ नयाँ भवन रु तीन करोड ९५ लाख लगानीमा जोशी–काङ्ग्री निर्माण व्यवसायीले तोकिएको अवधि भन्दा एक महिनाअघि नै निर्माण सम्पन्न गरेको भारतीय राजदूतावासबाट सञ्चालित सहयोग अनुदान शाखाका सचिव शुचिता किशोरले बताउनुभयो । भारतीय सहयोग अनुदानमा जिल्लामा थप आठ विद्यालयमा आवश्यक सबै कक्षा कोठाको निर्माण भइरहेको छ । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६
सम्बन्धित शीर्षकहरु
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१