

-
बेत्रावती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको आज उद्घाटन गर्दै उहाँले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने बताउनुभयो । “आगामी तीन वर्षमा गुणात्मक प्रगति गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराउनुपर्ने कार्यभार शिक्षाका माध्यमबाट मात्रै सकिने आशा लिएका छौ”, उहाँले भन्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिनुभयो । सांसद नारायणप्रसाद खतिवडाले शिक्षाका माध्यमबाट कृषि, पर्यटन, जलविद्युत् लगायतको सीप प्रवद्धन गर्ने सिकाइको विकास गराउन सक्नुपर्ने बताउनुभयो ।
नेकपा नुवाकोटका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले विद्यालयको भवन निर्माण मात्र नभइ विद्यालय पुग्न सहज बाटो र सडकको अभावले विद्यार्थी सङ्ख्या बढाउन र विद्यालयमा नियमित गराउन प्रदेश सरकार नयाँ योजना तथा नीति बनाउने क्रममा रहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले भूकम्पले क्षति पु¥याएकामध्ये सात हजार ५०० क्षतिग्रस्त विद्यालयमध्ये पाँच हजार ५०० को पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माणको प्रक्रियामा रहेका बताउनुभयो । उहाँले नुवाकोटमा ४५३ विद्यालयमध्ये ३६४ को पुनःनिर्माण सम्पन्न भइसकेको र २६ विद्यालय जग्गा अभावमा निर्माणमा समस्या भएकाले सामुदायिक विद्यालयका लागि समुदायबाट जग्गा उपलब्ध गराउन अपिल गर्नुभयो ।
उक्त विद्यालयको १५ कोठ नयाँ भवन रु तीन करोड ९५ लाख लगानीमा जोशी–काङ्ग्री निर्माण व्यवसायीले तोकिएको अवधि भन्दा एक महिनाअघि नै निर्माण सम्पन्न गरेको भारतीय राजदूतावासबाट सञ्चालित सहयोग अनुदान शाखाका सचिव शुचिता किशोरले बताउनुभयो । भारतीय सहयोग अनुदानमा जिल्लामा थप आठ विद्यालयमा आवश्यक सबै कक्षा कोठाको निर्माण भइरहेको छ । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


