

-
चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर भोलि मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ ।
महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शन गरिनेछ ।
महोत्सवअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको महोत्सवका संयोजक धु्रव गिरीले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायतका कार्यक्रम हुनेछन् ।
प्रेम दिवसको दिन महोत्सव प्रवेशका लागि काटिने टिकटबाट सङ्कलन भएको रकममध्ये ७५ प्रतिशत गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ । झण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको खाना महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको सो महोत्सवको वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१