

-
वीरगञ्ज । स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (एसपिएस) नेशनल इन्क्वाइरी प्वाइन्ट बबरमहल काठमाडौँद्वारा आइतबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले नेपाल भारत सीमा क्षेत्रमा स्वच्छता सम्बन्धी कानून कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले स्वच्छता तथा वनस्पतिजन्य स्वच्छता, डब्ल्युटिओ र एसपियस सम्झौताको मुख्य प्रावधानका बारेमा जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा मतिना जोशी वैद्यले नेपाल विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरेपछि खाद्य सुरक्षा, उपभोक्ताको स्वास्थ, उत्पादित वस्तुको मापदण्डलगायत कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बताउनुभयो ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका प्रमुख हस्तबहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले भारतबाट आउने खाद्य सामग्रीको स्वच्छतासम्बन्धी चेकजाँच नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ भन्नुभयो ।
नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को १४६औँ सदस्य देश हो । खाद्य पदार्थको व्यापार विस्तार भएसँगै स्वच्छतासम्बन्धी त्रु्रटिहरू बढ्न गएको र यसले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको कार्यक्रममा जानकारी दिइयो । रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



