-
चितवन । चार्टर एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन युवाले संयुक्त लगानीमा नारायणगढको प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरुआत गर्नुभएको हो । रु ४० लाख लगानीमा उहाँहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न जिल्लामा बिक्री गर्दै आउनुभएको छ । यससँगै थाइल्यान्डबाट ४० प्रजातिका माछा झिकाएर यहाँको बजारमा बिक्री गरिने व्यवसायी घिमिरेले जानकारी दिनुभयो । रिसाहा र शान्त दवै प्रजातिका ती माछा सफा पानीमा रमाउने गर्दछन् ।
अर्का व्यवसायी आलमले यस वर्ष रु एक करोडको माछा, एक्वेरियम, दाना, औषधि, ढुङ्गालगायत वस्तु बिक्री गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । नियमित सेवा लिन आउनेहरुको सङ्ख्या २५० हाराहारी भएको उहाँहरुले जानकारी दिनुभयो । रु दुई हजार ५०० देखि दुई लाखसम्मका एक्वेरियम मूल्य रहेको बताइएको छ ।
उच्च गुणस्तरका खानासँगै माछाको उपचारसमेत हुने भएकाले धेरैको मन जित्न सकेको बताइएको छ । वास्तु हेरेर ठाउँ मिलाएर मात्र एक्वेरियम राख्ने गरिन्छ । जिउँदो माछा सफा पानीमा खेल्दै गरेको दृश्य हेरेर बालबालिकामा मात्र होइन वृद्धवृद्धासम्मलाई आनन्द दिलाउँछ । व्यवसायी आलमले भन्नुभयो, “अनेक थरीका रोगीका लागि पनि माछाको दृश्य फाइदाजनक हुन्छ ।”
मकवानपुर र नवलपरासीदेखि माछा लिन यहाँ आउने गर्दछन् । देशैभर व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उहाँहरुले जानकारी दिनुभयो । नियमित लेखा परीक्षणको कामले दिक्क हुँदा केहीबेर आफ्नो पसलमा रहेका माछा हेरेर निकै सन्तुष्ट मिल्ने गरेको उहाँहरुले बताउनुभयो । व्यवसायी घिमिरेले भन्नुभयो, “आम्दानी त धेरै हुँदैन तर व्यवसायले ज्ञानसँगै आनन्द भने दिलाएको छ ।” रासस
News Desk 0 response सोमवार, माघ २७, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१