

-
मङ्गलबारे । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ ।
नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती शुरु गर्नुभएको थियो । इलाम चिया बगानभन्दा दुई वर्षमात्रै पछि खेती गरिएको बगानमा रहेको कारखाना निजीकरणपछि प्रशोधन गर्ने मेसिन अयन्त्रै लगिएसँगै प्रशोधनको काम रोकिएको थियो ।
आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना देशकै पहिलो कारखाना हो । दोस्रो चिया कारखानाका रुपमा रहेको माई नगरपालिकाको सोक्तिम चिया कारखाना स्याहार नहुँदा जीर्ण बन्दै गएको हो । एक सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टाको गुणस्तरीय मुना दिए पनि कारखाना बन्द गर्दा चियाको इतिहास नै सङ्कटमा परेको माई नगरपालिका वडा न ९ का वडाध्यक्ष लीलाकुमार राईले बताउनुभयो । उहाँले पहिला नै सम्झौता गरेर निजी क्षेत्रलाई दिएकाले नगरपालिकाले सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो । इलाम र झापामा रहेका सात वटा सरकारी चिया बगान सरकारले भारतको सङ्घाइ ग्रुपलाई भाडामा दिएको छ । रासस
News Desk 0 response आइतवार, माघ २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२