-
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल अमेरिका विरुद्धको खेलमा अहिले ब्याटिङ गरिरहेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किनुभयो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुनुभयो । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किनुभयो । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट हुनुभयो । खेलको २१औँ ओभरमा आरिफ शेख दुई बनाएर पभेलियन फर्किनुभयो । अहिले कुशल मल्ल र विनोदसिंह भण्डारी ब्याटिङ गरिरहनुभएको छ । नेपालले २१ ओभरमा पाँच विकेट गुमाएर ४९ रन बनाएको छ ।
विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको खेलमा शरद घाइते भएपछि सुवास झण्डै डेढ वर्षपछि नेपाली टोलीमा फर्किनुभएको हो । प्रारम्भिक ब्याटस्म्यानका रुपमा कप्तान ज्ञानेन्द्र मल्लसित खेल्न आउनुभएका सुवासले दर्शकलाई निराश पार्नुभयो । ओमानसँगको खेलमा चोट बोकेका शरदलाई चिकित्सकले १० दिन आराम गर्न सल्लाह दिएका छन् । चोटका कारण शरदले आजको खेलसँगै बाँकी दुई खेल पनि गुमाउने निश्चत भएको छ ।
सिरिजको पहिलो खेलमा ओमानविरुद्ध शरदले ५५ रन बनाउनुभएको थियो । ओमानविरुद्धको खेलमा पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङ आरम्भ गर्न मैदानमा आउनुभएको थियो । दुवै खेलाडी सफल भने हुन सक्नुभएन । सो खेलमा पारसले १४ बल खेल्दै तीन रन तथा ज्ञानेन्द्रले १२ बल खेलेर एक रन मात्र बनाउनुभएको थियो । त्यसैको फलस्वरुप नेपाल ओमानसँग १८ रनले हार्न पुगेको थियो ।
ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रन मात्र बनाएको थियो । सुवासले सन् २०१२ को मलेसियामा भएको डिभिजन चारमा अमेरिकाविरुद्ध ११५ रनको शतकीय पारी खेल्नुभएको हो । अभ्यास खेलमा सुवासले अमेरिकाविरुद्ध मूलपानी क्रिकेट मैदानमा अविजित ५२ रन बनाउनुभएको थियो । उहाँले हालसम्म अमेरिकाविरुद्ध पाँच खेलमा २३८ रन बनाउनुभएको छ । उहाँले गत वर्ष सेप्टेम्बरमा मलेसियामा भएको एशिया कप क्वालिफायारमा हङकङसँग अन्तिम खेल खेल्नुभएका थियो । हालै सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति क्रिकेटमा उहाँले प्रदेश नं १ विरुद्ध वाग्मती प्रदेशबाट खेल्दै अविजित ८५ रन बनाउनुभएको थियो ।
सन् २०११ देखि २०१६ सम्म लगातार टोलीमा अटाउनुभएका सुवास त्यसयता चोटका कारण खेल्नबाट वञ्चित हुनुपरेको थियो । उहाँ उमेर समूहको क्रिकेट खेल्दै सिनियर टोलीमा छानिनुभएको हो । सन् २०११ मा भएको एसीसी टि–२० इलाइट कपमा उहाँले राष्ट्रिय टोलीबाट डेब्यू गर्नुभएको हो ।
अमेरिका सन् २०१० पछि नेपाल आएको हो । अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रुपमा लिनुभएको छ । ‘‘नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्’’, सिरिज शुरु हुनुअघि उहाँले पत्रकार सम्मेलनमा भन्नुभएको थियो । विसं २०७४ चैत १ गते एकदिवसीय मान्यता पाएको नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेलिरहेको छ ।
नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले हार्दै तालिकामा अङ्कविहीन अवस्थामा छ । डिभिजन दुईमा हालसम्म अमेरिकाले नौ खेल खेलिसकेको छ । ओमानसित अमेरिका छ विकेटले पराजित भए पनि १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।
तीनवटै टोलीले यो सिरिजमा चार चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अमेरिकासितको खेलमा नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, सुशन भारी, सुवास खकुरेल र कुशल मल्ल खेलिरहनुभएको छ ।
रोहितकुमार पौडेलको ठाउँमा आज कुशललाई स्थान दिइएको हो । सन् २०१७ पछि नेपालले पहिलो पटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो ।
आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।
लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् । रासस
News Desk 0 response शनिबार, माघ २५, २०७६
सम्बन्धित शीर्षकहरु
वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा
बिहिबार, पुस १८, २०८१-
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१
-
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१