-
चितवन । राप्ती र्यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न अन्तिम खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले सो उपाधि हात पारेको हो ।
सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर चार बलमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । उहाँले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गर्नुभएको थियो । उक्त साझेदारीले नै राप्तीलाई जीततर्फ डोहोर्यायो । आक्रमक ब्याटिङ गरेका थापाले ५७ बलमा ७४ रन बनाउनुभयो । उहाँले १० चौका र दुई छक्का प्रहार गर्नुभयो ।
त्यसअघि ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किर्नुभयो । हरिबहादुर चौहान १८ तथा भीम सार्की ११ रनमा नट आउट रहे । आक्रमक ब्याटिङ गर्नुभएका सार्कीले १७ औँओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै उत्कृष्ट फिनिस गर्नुभयो । सौराहाका कुनै पनि बलर राप्तीका ब्याट्सम्यान माथि हावी हुन सकेनन् । सौराहाका आकाश चन्द र सुवर्ण थापाले समान ४–४ ओभर बलिङ गर्दै समान १–१ विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा चार विकेट गुमाउँदै १३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो शुरुआत गरेको थियो । ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गगर्नुभयो । रित १७ बलमा चार चौकाप्रहार गर्दै १९ रन बनाएर आउट भए । राजेशले ४८ बलमा सात चौका प्रहार गर्दै ५१ रन बनाउनुभयो ।
यस्तै प्रशान्त महत ३४ बलमा ३६ तथा आकाश चन्द आठ बलमा सात रनमा नट आउट रहे । राप्तीका कमल थापाले दुई विकेट लिनुभयो । उहाँले चार ओभरमा ३० रन खर्चिनुभयो । खेलको चितवन टाइगर्स म्यान अफ दी म्याच राप्तीका कप्तान आकाश थापा घोषित हुनुभयो । उहाँले दुई हजार प्राप्त गर्नुभयो । विजेता बनेको राप्तीले रु दुई लाखसहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सौराहाले एक लाखमा चित्त बुझाएको छ । उता राप्तीका हरि बहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भन्नुभयो । उहाँले रु १० हजारसहित ट्रफी प्राप्त गर्नुभयो ।
उहाँले सिपिएलमा १३१ बलमा १५३ रन बनाएका थिए भने १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर महत्वपूर्ण पाँच विकेट लिनुभएको थियो ।यस्तै राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित हुनुभयो । उहाँले प्रतियोगिता भर १३ ओभर पाँच बल बलिङ गर्दै ७६ रन खर्चिएर नौ विकेट लिनुभयो । प्रतियोगिता भर ७३ बलमा १३१ रन बनाएका राप्तीका भीम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित हुनुभयो । उहाँले प्रतियोगिताभर ९४ बलमा १२२ रन बनाउनुका साथै १९ ओभरमा महत्वपूर्ण आठ विकेटसमेत लिनुभयो । उहाँहरुले जनही रु चार/चार हजारसहित ट्रफी प्राप्त गर्नुभयो ।
उहाँहरुलाई वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदी र राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सका मार्की प्लेयर सोमपाल कामीले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका तीनखेलाडी नेपालकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् । प्रतियोगिताका उत्कृष्ट अलराउण्डर राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट हुनुभएको हो । यस्तै भरतपुर गुर्खाजका काप्तान सङ्घर्ष पौडेल वैकल्पिकमा परेका छन् ।
यसैबीच आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान राजु खड्कालाई चितवनको क्रिकेट क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । समापन समारोहमा नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले सिपिएलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । माघ १७ गतेबाट शुरु भएको प्रतियोगीतामा जिल्लाका पाँच टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिड्स, इच्छाकामना वारीयर्स र माडी टाइगर्स सहभागी थिए । नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सिपिएलको सहआयोजकमा चितवन क्रिकेट सङ्घ रहेको थियो । रासस
News Desk 0 response शनिबार, माघ २५, २०७६
सम्बन्धित शीर्षकहरु
एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
बुधबार, माघ २, २०८१वालिङलाई हराउँदै बाग्मती युथको पहिलो जीत
शुक्रबार, पुस २६, २०८१इन्डो–नेपाल भलिबलको उपाधि आर्मीले जित्यो
बिहिबार, पुस २५, २०८१एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
मङ्लबार, पुस २३, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१