

-
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आउनुभएको छ । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उहाँ पहिलो नम्बरमा हुनुहुन्छ । उहाँ निर्वाचित वडासदस्य हुनुहुन्छ ।
उहाँको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन् । वार्षिक रु एक करोड बढी खर्च हुन्छ उहाँले भन्नुभयो, “तर रु २० लाख बढी आम्दानी हुँदैन ।” वार्षिकरुपमा ३०० क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ । उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ । व्यावसायिक माछापालनमा तालिम समेत लिनुभएका उहाँले सातवर्ष अगाडि व्यवसाय शुरुआत गर्नुभएको थियो ।
उहाँको माछा फार्ममा चार कामदारले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो, “माछापालनलाई व्यावसायिकरुपमा गरिए गतिलो आम्दानी लिन सकिन्छ । ” उहाँले नगरपालिकाबाट पोखरी निर्माणका लागि रु तीन लाख अनुदान रकमसमेत पाउनुभएको छ । उहाँले माछापालनसँगै कुखुरापालन समेत गर्दै आउनुभएको छ ।
वडाध्यक्ष सुरेन्द्र विष्टले समेत पोखरी निर्माण गरी माछापालनमा संलग्न हुनुभएको छ । पन्ध्र कट्ठा जग्गामा पोखरी निर्माण गरी चार हजार भुरा हालेको उहाँले जानकारी दिनुभयो । गत वर्ष पोखरीबाट दुई क्विण्टल माछा बिक्री भएको थियो उहाँले भन्नुभयो, “यस वर्ष पोखरीमा भुरा बढी छाडिएकाले आम्दानीमा बढोत्तरी हुन्छ ।”
वडालाई माछा पकेट क्षेत्रमा विकास गर्ने कार्य अगाडि बढाइएको छ । अधिकांश किसान व्यावसायिकरुपमा माछापालनमा सम्लग्न रहेका छन् । नगरपालिकाले पोखरी निर्माण गर्ने किसानलाई प्रतिकट्ठा रु १० हजारका दरले अनुदान दिने व्यवस्था गरेको छ । थोरै मेहनतमा माछापालनबाट गतिलो आम्दानी हुने भएपछि माछापालनमा लागेको स्थानीय किसान देवराज कलौनीले बताउनुभयो । उहाँले भन्नुभयो, “माछापालनबाट खेतीभन्दा दश गुणा बढी आम्दानी हुँदै आएको छ । खेती गरेर थोरै आम्दानी हुन्थ्यो । ”
माछा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन योजनाबद्धरुपमा कार्यक्रम अगाडि सारिएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । माछाका भुरा, औजार र पोखरी निर्माणलगायतमा अनुदानको व्यवस्था गरेका छौँ उहाँले भन्नुभयो, “किसानलाई माछापालनमा व्यावसायिक बनाउनका लागि तालीम दिई दक्ष बनाउनका लागि वडा र नगरस्तरबाटै कार्यक्रम सञ्चालन गरिएका छन् ।” रासस
News Desk 0 response शनिबार, माघ २५, २०७६

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


