

-
लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ । लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको एकसहित ३९ फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र लमजुङका कार्यालय प्रमुख रोहणीराज घिमिरेले बताउनुभयो ।
छनोट मूल्याङ्कन समितिले किसानको घरदैलोमै पुगेर स्थलगत अध्ययन र अनुगमन गरेपछि प्रस्तुत गरेको प्रतिवेदनका आधारमा ती फर्म छनोट गरिएको उहाँले बताउनुभयो । केन्द्रले अनुदानका लागि गएको साउन २० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
लमजुङको आठ स्थानीय तहमध्ये सुन्दरबजार नगरपालिकाका ७, राइनास नगरपालिकाका ६, मध्यनेपाल नगरपालिकाका ६, दूधपोखरी गाउँपालिका ३, दोर्दी गाउँपालिका २, क्ब्होलासोथर गाउँपालिका ३ र मस्र्याङ्दी गाउँपालिकाका ४ गरी ३८ तथा मनाङको नासो गाउँपालिकाका एक गरी कूल ३९ फर्म छनोट भएको केन्द्रले जनाएको छ ।
मनाङमा तुलनात्मक रुपमा कृषि सहकारीका साथै सक्रिय कृषक समूहको कमी, फर्म दर्ता गरी कृृषि कर्म गर्ने किसानको सङ्ख्या कम भएको र आवेदन एउटा आएकोमा एउटा छनोट गरिएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय तहमा एक एक वटा फर्म अनिवार्य छनोट हुनुपर्ने भए पनि ५० प्रतिशतभन्दा बढी राम्रो भएको हुनुपर्छ ।”
‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा यस केन्द्रलाई रु एक करोड आएको केन्द्रले जनाएको छ । ती छनोट भएका फर्मले कम्तीमा रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म सहयोग प्राप्त गर्ने छन् । केन्द्रमा गएको वर्ष लमजुङबाट २० वटा आवेदन दर्ता भएका थिए । तीमध्ये तीनले सम्झौता नै गर्न नआएको हुँदा १७ ले अनुदान पाएका थियो ।
‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट गएको वर्ष केन्द्रलाई रु ७० लाख प्राप्त भएको थियो । ‘साना कृषि मोडेल फर्म स्थापना’ कार्यक्रमअन्तर्गत गएको वर्ष रु दुई लाख ५० हजारदेखि चार लाख २० हजारसम्म कृषि सहकारी, कृषक समूह तथा निजी कृषि कम्पनीले अनुदान पाएका थिए । ‘मौरीपालन, अलैँचीखेती, तरकारी खेती, माछापालन र केराखेतीका क्षेत्रमा सहयोग गरिएको थियो । रासस
News Desk 0 response शुक्रबार, माघ २४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



