![](https://janaprashasan.com/wp-content/uploads/2022/11/nmb-1200-120.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2024/01/1200-x-100-_digital-sansar.gif)
-
लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ । लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको एकसहित ३९ फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र लमजुङका कार्यालय प्रमुख रोहणीराज घिमिरेले बताउनुभयो ।
छनोट मूल्याङ्कन समितिले किसानको घरदैलोमै पुगेर स्थलगत अध्ययन र अनुगमन गरेपछि प्रस्तुत गरेको प्रतिवेदनका आधारमा ती फर्म छनोट गरिएको उहाँले बताउनुभयो । केन्द्रले अनुदानका लागि गएको साउन २० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
लमजुङको आठ स्थानीय तहमध्ये सुन्दरबजार नगरपालिकाका ७, राइनास नगरपालिकाका ६, मध्यनेपाल नगरपालिकाका ६, दूधपोखरी गाउँपालिका ३, दोर्दी गाउँपालिका २, क्ब्होलासोथर गाउँपालिका ३ र मस्र्याङ्दी गाउँपालिकाका ४ गरी ३८ तथा मनाङको नासो गाउँपालिकाका एक गरी कूल ३९ फर्म छनोट भएको केन्द्रले जनाएको छ ।
मनाङमा तुलनात्मक रुपमा कृषि सहकारीका साथै सक्रिय कृषक समूहको कमी, फर्म दर्ता गरी कृृषि कर्म गर्ने किसानको सङ्ख्या कम भएको र आवेदन एउटा आएकोमा एउटा छनोट गरिएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय तहमा एक एक वटा फर्म अनिवार्य छनोट हुनुपर्ने भए पनि ५० प्रतिशतभन्दा बढी राम्रो भएको हुनुपर्छ ।”
‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा यस केन्द्रलाई रु एक करोड आएको केन्द्रले जनाएको छ । ती छनोट भएका फर्मले कम्तीमा रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म सहयोग प्राप्त गर्ने छन् । केन्द्रमा गएको वर्ष लमजुङबाट २० वटा आवेदन दर्ता भएका थिए । तीमध्ये तीनले सम्झौता नै गर्न नआएको हुँदा १७ ले अनुदान पाएका थियो ।
‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट गएको वर्ष केन्द्रलाई रु ७० लाख प्राप्त भएको थियो । ‘साना कृषि मोडेल फर्म स्थापना’ कार्यक्रमअन्तर्गत गएको वर्ष रु दुई लाख ५० हजारदेखि चार लाख २० हजारसम्म कृषि सहकारी, कृषक समूह तथा निजी कृषि कम्पनीले अनुदान पाएका थिए । ‘मौरीपालन, अलैँचीखेती, तरकारी खेती, माछापालन र केराखेतीका क्षेत्रमा सहयोग गरिएको थियो । रासस
News Desk 0 response शुक्रबार, माघ २४, २०७६
![](https://i1.wp.com/janaprashasan.com/wp-content/uploads/2021/02/Health-Kosh-_-Final.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2020/01/GP__Koirala__gif__Final-1.gif)
सम्बन्धित शीर्षकहरु
![नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत](https://janaprashasan.com/wp-content/uploads/2025/01/rp-400x250.jpg)
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१