

-
तनहुँ । मादल बनाउने कच्चा पदार्थ छाला र उतिसको काठ अभाव हुँदै जान थालेपछि माइला दाईले परिचित ५५ वर्षीय डिलबहादुर सार्कीलाई अहिले पुख्यौली पेशा जोगाउन हम्मे हम्मे भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ‘माइला मादल पसल’ सञ्चालक ‘माइला दाई’ ले परिचित उहाँ आफ्नो पुख्यौली पेशाको बिँडो जसोतसो थाम्दै आउनुभएको छ ।
एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर आधुनिक बाजागाजाले मादल बनाउने पेशा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । दीपावलीमा देउसीभैलोको समय अलि अलि मादल बिक्री हुन्छ । उहाँले भन्नुभयो, “मैले बुबा स्व थमनसिंले मादल बनाएको हेरी हेरी मादल बनाउन सिकेर यस पेशालाई अगाल्दै आएको हुँ ।” पछिल्लो समय यस पेशाबाट परिवार पाल्न पनि धौ धौ हुने गरेको उहाँले गुनासो गर्नुभयो । शुक्लागण्डकी नगरपालिका क्षेत्रमा उहाँ एक मात्र मादल व्यवसायी हुनुहुन्छ । ग्राहकको चाहाना अनुरुप मादल, सारङ्गी, ड्रमसेट, खैजडी, झ्याली मुजुरालगायत नौमती पञ्चेबाजाका सबै सामग्री उपलब्ध गराउँदै आएको छु । उहाँले भन्नुभयो, “नौमती पञ्चेबाजका नर्सिया र सन्नाई अन्य स्थानबाट ल्याएर भए पनि यहीबाट उपलब्ध गराउँदै आएको छु ।”
बाद्यबाजनको छाला र उतिसको काठ आवश्यक पर्ने हुँदा पर्याप्त मात्रामा पाउन नसकिएको उहाँले गर्नुभयो । गत वर्ष डेढ÷दुई लाखको मादललगायत सामग्री बिक्री गरेको भए पनि यस वर्ष मुश्किलले डेढ लाख बराबरको सामग्री बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष सिलगढीबाट रु तीन लाख मूल्य बराबरको छाला ल्याउँदै गर्दा त्रिशूलीमा ट्रक खस्दा नोक्सान व्यर्होनुपरेको दुखेसो पोख्दै उहाँले भन्नुभयो, “कही कतैबाट सहयोग पाउन नसक्दा व्यवसाय सञ्चालनमा समेत समस्या भएको छ ।”
उहाँ स्याङ्जाको चिन्नेबासबाट विसं २०६५ मा दुलेगौडामा बसाईसराई गरी आउनुभएको थियो । उहाँले पञ्चमुनिदेव, खैरेनी तथा अरनिको माध्यमिकलगायत करीब एक दर्जन सामुदायिक तथा निजी विद्यालयमा मादल तथा आर्थिक सहयोग गर्दै आउनुभएको जानकारीदिनुभयो ।
स्थानीय तहबाट उपेक्षितमरेका वस्तुको छाला पाउनको लागि पटक पटक स्थानीय तहमा निवेदन दिँदा कुनै चासो नदेखाएको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले मरेका पशुको छाला काढ्न दिने अधिकार स्थानीय तहलाई नभएकोले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



