

-
काठमाडौँ । नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको होटल एशोसिएशन अफ नेपाल (हान) ले जनाएको छ । कोरोना भाइरसको अन्तर्राष्ट्रियरूपमा प्रभाव रहेको भए पनि नेपाल सुरक्षित रहेको भन्दै हानले आज पत्रकार सम्मेलन गरी बजारमा हल्ला भएजस्तो पर्यटकले होटल बुकिङ रद्द नगरेको स्पष्ट पारेको छ । पछिल्लो समय चीनको वहानलगायत विभिन्न प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालको होटल बुकिङ रद्द गरेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा हानले आफ्नो धारणा बाहिर ल्याएको हो ।
हानका अध्यक्ष सिर्जना राणाले कोरोना भाइरसको प्रभाव नेपालमा नरहेको बताउँदै त्यस्ता लक्षण देखिएमा उपचारका लागि सचेत रहेको बताउनुभयो । उहाँले नेपाल सुरक्षित रहेको र सम्भावित जोखिमका लागि पनि सचेत रहेकाले पर्यटन क्षेत्रमा केही असर परे पनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले कोरोना भाइरसले चीनको तत्कालीन बजारलाई केही असर परे पनि केही समयपछि अन्त्य हुने विश्वास लिएको बताउनुभयो । उहाँले चिनियाँ पर्यटकलाई बुद्धजयन्तीको अवसरमा नेपालमा ल्याउने वातावरण बनाउन नयाँ कार्यक्रम तय गरिएको जानकारी पनि दिनुभयो ।
हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाल आउने पर्यटकको स्वास्थ्य परीक्षणलगायत पूर्वसतर्कताको काममा सदस्य होटललाई आग्रह गरिएको बताउनुभयो । बेलाबेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा देखा पर्ने विभिन्न किसिमका रोग तथा आपत्विपत्को सामना गरी पर्यटन व्यवसायी अगाडि बढिरहेको सन्दर्भमा आज पनि सोही प्रकृतिको अवस्थालाई सामना गरी अगाडि बढ्ने हानले जनाएको छ ।
‘नेपाल कोरोना भाइरसबाट अहिलेसम्म असुरक्षित नरहेको सरकारले प्रष्ट पारिसकेको छ । भ्रमण वर्ष सचिवालयले आधिकारिक सूचना जारी गरेको र हानले पनि आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनालाई कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र सङ्केत देख्ने बित्तिकै अस्पताल लैजान परिपपत्र गरिसकेका छौँ, हालसम्म कुनै पनि होटलमा कोरोना भाइरसको सङ्क्रमण नभएका स्पष्ट गर्न चाहन्छौँ’ विज्ञप्तिमा भनिएको छ ।
भ्रमण वर्ष सचिवालयसँगको सहकार्यमा कति पनि विचलित नभई छिमेकी मुलुक भारत, बङ्गलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एशियालगायत अन्य विभिन्न मुलुकबाट पनि लक्ष्यअनुसारको पर्यटक भित्र्याउन लागि पर्ने जनाइएको छ । तत्कालै अन्य पर्यटन स्रोत बजारको पहिचान र प्रवद्र्धनका निम्ति सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालासँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गरिएको पनि संस्थाले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, माघ २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



