

-
खलङ्गा । निर्माण भएको पाँच वर्ष पूरा भए पनि जुम्लाको बसपार्क सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ । पटकपटक छलफल गर्दा पनि बसपार्क सञ्चालनको विषय टुङ्गो नलाग्दा यातायात व्यवसायी र सर्वसाधारण समस्यामा छन् ।
चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा सञ्चालनमा नआएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । नयाँ बसपार्क सञ्चालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुनाकुनामा काउन्टर खोल्नेदेखि दुर्घटनाको जोखिम बढेको छ ।
नयाँ बसपार्क सञ्चालनमा नआएपछि चन्दननाथ नगरपालिकाले बोलपत्र आह्वान गर्यो । बोलपत्र मुगुको रारा छाँयानाथ यातायात प्रालिले पायो । बोलपत्र पाएको दुई महिनाभन्दा बढी भइसक्दा पनि रारा छाँयानाथ यातायात प्रालिले बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन । बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभएसम्म सञ्चालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ । आवश्यक पूर्वाधारका लागि माग आएको र सबै निर्माण गरेपछि सञ्चालनका लागि सम्झौता गरिने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताउनुभयो ।
कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर थापाका अनुसार बसपार्क सञ्चालनको जिम्मा पाएको छाँयानाथ यातायात प्रालि, चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनमा जानी जानी ढिला गरेको आरोप लगाउनुभयो । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिवसमेत रहेको थापाले बसपार्क सञ्चालन गर्नुहोस्, एक पत्र दिनेबित्तिकै पाँच मिनेटमा पानी पुर्याइदिन्छु भन्दा पनि वास्ता नगरेको बताउनुभयो ।
यात्रुले सास्ती पाएका छन् दुर्घटना दिनदिनै भएको छ । अध्यक्ष थापाले थपे, यसबारे न त छाँयानाथ यातायात प्रालि गम्भीर छ, न त नगरपालिकाले चासो दिएको छ । केही समय बसपार्क सञ्चालनकै विवादमै समय गयो, बोलपत्र भएर पाएपछि अब बत्ती, टेलिफोन पानीका बहानामा बसपार्क सञ्चालन ढिलाइ भइरहेको उनले बताउनुभयो ।
सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउनु नागरिक समाज, नगरपालिका र प्रशासनकै कमजोरी रहेको स्गानीय नर शाहीले बताउनुभयो । यात्रुलाई सास्ती भएको ठगिएको कसैलाई मतलब छैन सरोकारवालाकै कमजोरीले बसपार्क सञ्चालनमा नआएको शाहीले बताउनुभयो ।
नयाँ बसपार्क सञ्चालन नहुँदा बजार क्षेत्रमै पार्किङ हुने गरेका छन् सवारीसाधन । यातायात व्यवसायीहरुले आफ्नै अटेरी छोडेका छैनन् । बजारका कुना कुना क्षेत्रमा आफ्ना आफ्ना बस समितिका काउन्टर खोलेर सञ्चालन गर्दै आएका छन् । प्रहरी प्रशासन हेरेरै बसेको छ, नगरपालिका बेखर छ एम्बुलेन्स जाने बाटो छैन नागरिक समाजका संयोजक राजबहादुर महतले दुःख व्यक्त गरे । रासस
News Desk 0 response मङ्लबार, माघ २१, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



