-
खलङ्गा । निर्माण भएको पाँच वर्ष पूरा भए पनि जुम्लाको बसपार्क सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ । पटकपटक छलफल गर्दा पनि बसपार्क सञ्चालनको विषय टुङ्गो नलाग्दा यातायात व्यवसायी र सर्वसाधारण समस्यामा छन् ।
चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा सञ्चालनमा नआएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । नयाँ बसपार्क सञ्चालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुनाकुनामा काउन्टर खोल्नेदेखि दुर्घटनाको जोखिम बढेको छ ।
नयाँ बसपार्क सञ्चालनमा नआएपछि चन्दननाथ नगरपालिकाले बोलपत्र आह्वान गर्यो । बोलपत्र मुगुको रारा छाँयानाथ यातायात प्रालिले पायो । बोलपत्र पाएको दुई महिनाभन्दा बढी भइसक्दा पनि रारा छाँयानाथ यातायात प्रालिले बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन । बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभएसम्म सञ्चालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ । आवश्यक पूर्वाधारका लागि माग आएको र सबै निर्माण गरेपछि सञ्चालनका लागि सम्झौता गरिने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताउनुभयो ।
कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर थापाका अनुसार बसपार्क सञ्चालनको जिम्मा पाएको छाँयानाथ यातायात प्रालि, चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनमा जानी जानी ढिला गरेको आरोप लगाउनुभयो । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिवसमेत रहेको थापाले बसपार्क सञ्चालन गर्नुहोस्, एक पत्र दिनेबित्तिकै पाँच मिनेटमा पानी पुर्याइदिन्छु भन्दा पनि वास्ता नगरेको बताउनुभयो ।
यात्रुले सास्ती पाएका छन् दुर्घटना दिनदिनै भएको छ । अध्यक्ष थापाले थपे, यसबारे न त छाँयानाथ यातायात प्रालि गम्भीर छ, न त नगरपालिकाले चासो दिएको छ । केही समय बसपार्क सञ्चालनकै विवादमै समय गयो, बोलपत्र भएर पाएपछि अब बत्ती, टेलिफोन पानीका बहानामा बसपार्क सञ्चालन ढिलाइ भइरहेको उनले बताउनुभयो ।
सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउनु नागरिक समाज, नगरपालिका र प्रशासनकै कमजोरी रहेको स्गानीय नर शाहीले बताउनुभयो । यात्रुलाई सास्ती भएको ठगिएको कसैलाई मतलब छैन सरोकारवालाकै कमजोरीले बसपार्क सञ्चालनमा नआएको शाहीले बताउनुभयो ।
नयाँ बसपार्क सञ्चालन नहुँदा बजार क्षेत्रमै पार्किङ हुने गरेका छन् सवारीसाधन । यातायात व्यवसायीहरुले आफ्नै अटेरी छोडेका छैनन् । बजारका कुना कुना क्षेत्रमा आफ्ना आफ्ना बस समितिका काउन्टर खोलेर सञ्चालन गर्दै आएका छन् । प्रहरी प्रशासन हेरेरै बसेको छ, नगरपालिका बेखर छ एम्बुलेन्स जाने बाटो छैन नागरिक समाजका संयोजक राजबहादुर महतले दुःख व्यक्त गरे । रासस
News Desk 0 response मङ्लबार, माघ २१, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१