

-
बुर्किना फासो । अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ । कर्णेल साल्फो काबोरले हत्या गरिएका व्यक्तिको शव नियन्त्रणमा लिइएको बताउँदै सरकारी सेनाले त्यस क्षेत्रमा सैनिक कारबाही शुरु गरेको जानकारी दिनुभयो ।
मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो । सुरक्षा स्रोतले एएफपीलाई बताए अनुसार जिहादी समूहले केही दिनअघि मात्र स्थानीयबासीलाई घरगाउँ छाडेर भाग्न चेतावनी दिएका थिए । सुरक्षा फौजले उक्त क्षेत्रलाई सुरक्षित राख्न दिनरात कार्य गरेको बताए पनि ठूलो क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन कठिन भएको जनाएको छ ।
बुर्किना फासोको उत्तर पश्चिममा माली रहेको छ भने पूर्वमा नाइजर रहेको छ । यी दुबै मुलुक मुस्लिम जिहादी लडाकूका कारण संकटमा रहेका छन् । कमजोर हातहतियार र तालिम अभावमा बुर्किना फासोको सुरक्षा फौजले लडाकूहरुबाट हुने गरेका घातक आक्रमणलाई नियन्त्रणमा ल्याउन सकेको छैन । फ्रान्सेली समेतका केही मुलुकबाट सैनिक सहयोग प्राप्त गरे पनि सरकारी सेनाको जिहादीसँग लड्ने क्षमताको अभाव रहेको छ ।
संयुक्तराष्ट्र संघका अनुसार माली, नाइजर र बुर्किना फासोमा सन् २०१९ मा मात्र जिहादी समूहले गरेको आक्रमणमा चार हजारको ज्यान गइसकेको छ । करिब ६ लाख नागरिक बिस्थापित भएका छन् । रासस/एएफपी
News Desk 0 response सोमवार, माघ २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



