

-
गलकोट । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल तथा रेष्टुराँ स्तरीकरण गरी स्टिकर टाँसेको छ ।
खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा विभाजन गरिने बताइएको छ । आइतबार पाँच होटल तथा रेष्टुराँको स्तरीकरण गरी स्टिकर प्रदान गरिएको वर्गीकरण छुट्याएर स्टिकर प्रदान गरिएको गुण नियन्त्रण कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलले बताउनुभयो । सदरमुकाम गलकोटको तन्दुरी रेष्टुराँ, पुन रेष्टुराँ र पर्वत रेष्टुराँले ‘ग’ वर्ग अर्थात् सन्तोषजनक एवं उत्सव होटल, मुखै रसायो खाजा घरलाई ‘घ’ वर्गको अर्थात् सामान्य स्तरको स्टिकर प्रदान गरिएको छ ।
नब्बे अङ्कभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अङ्क ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुराँ ‘घ’ वर्गमा पर्नेछ । होटल तथा रेष्टुराँको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी खानेकुराको व्यवस्थापन, लेबल लगाई राखिएको छ वा छैन, खाडल, नाली तथा शौचालयबाट बग्ने सबै फोहर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित गरिएको छ वा छैनलगायत ५० वटा मापदण्डमा होटलको मूल्याङ्कन गरिएको छ । यसले होटल व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने स्वयं होटल व्यवसायी बताउँछन् ।
बागलुङमा कार्यालय स्थापना भएको एक वर्षमै खाद्य सुरक्षाका विभिन्न कार्य प्रभावकारीरुपमा गर्दै आएको छ । हालसम्म बागलुङका २० भन्दा बढी होटल तथा रेष्टुराँ स्तरीकरण भइसकेका छन् । स्तरीकरणका लागि होटल तथा रेष्टुराँ सञ्चालकले कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । होटल तथा रेष्टुराँ स्तरीकरण हुँदा व्यवसायीलाई नै फाइदा पुग्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।
स्तरीकरणमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सहयोग गरेका छन् । उपभोक्ताले स्तरीकरणको आधारमा होटल तथा रेष्टुराँको पहिचान गर्नसक्ने र होटल व्यवसायीले शुद्धतामा ध्यान दिने भएकाले मापदण्डका आधारमा स्टिकर प्रदान गर्नु राम्रो काम भएको नगरपालिकाका बजार अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताउनुभयो । रासस
News Desk 0 response सोमवार, माघ २०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



