

-
डोटी । हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पु¥याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिका विभिन्न वडामा शनिबार दिउँसो परेको असिनाका कारण फुलेर कोसा लाग्ने अवस्थामा रहेको तरकारीमा निकै क्षति पुर्याएको सायल गाउँपालिकाका वासिन्दा सिद्धराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिमपतासँगै एकाएक बाक्लो असिना परेका कारण तोरी र तरकारी खेतीमा निकै ठूलो नोक्सानी गरेको छ, किसानलाई समस्या भयो ।” असिनाले जिल्लाभरिमा २० देखि ३० प्रतिशत तोरीबारी तथा तरकारी खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । शनिबार मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा दिउँसोदेखि हिमपात र असिना परेको थियो । हिमपात तथा असिनाका कारण यहाँका पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि दुइफिट हिउँ परेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ । यही माघ १४ गते पाँचौँ पटक परेको हिउँ पग्लिन नपाउँदै फरि शनिबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात सुरु भएको हो ।
हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्चपहाडी क्षेत्रमा भारी हिमपात र असिना परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही दिन पहिलेको हिमपातले हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुशी भएका यहाँका स्थानीयवासी भने पुनः परेको हिउँ तथा असिनाले गहुँलगायतका बाली कुहिने तथा बिग्रिने भन्दै चिन्तित बनेका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।
हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँमा लगातार वर्षा भइरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम घटेको छ । रासस
News Desk 0 response आइतवार, माघ १९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



