

-
घोराही । चिसो छल्न भन्दै पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेपछि त्यहाँ पशु चिकित्सकको टोली पुगेको छ । घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा पर्ने जङ्गलमा चराउन ल्याइएका भेडा दुई सातादेखि लगातार मर्न शुरु गरेका थिए ।
भेडा अज्ञात रोगले मरेको खबर सञ्चारमाध्यममा आएपछि प्रदेश नं ५ अन्तर्गत पशु सेवा कार्यालय र उपमहानगरपालिकाको पशु सेवा महाशाखाको टोली जङ्गलमा पुगेको हो । पशु चिकित्सकको टोली शुक्रबार बेलुका वडा नं १९ सैघाको जङ्गलमा पुगेर भेडाको सामान्य उपचारसमेत गरेको छ । पशु सेवा शाखाका प्रमुख श्रीधर अधिकारीका अनुसार त्यहाँ रहेका भेडामा मुख पाक्ने, पखाला लाग्ने, झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । भेडा कुन रोगले मरेको हो भन्नेबारेमा तत्काल चिकित्सकको टोलीले पत्ता लगाउन सकेको छैन ।
उहाँले भेडामा देखिएको समस्यालाई ल्याव परीक्षणपछि मात्र रोग पत्ता लाग्ने हुदाँ आफूहरुले नमूना सङ्कलन गरेर फर्किएको जानकारी दिनुभयो । पशु उपचारका लागि दाङमा ल्याव परीक्षणको व्यवस्था नभएको हुँदा आजै उक्त स्याम्पललाई सुर्खेत पठाउने र सोमबारसम्म वास्तविकता पत्ता लाग्ने उहाँले बताउनुभयो ।
सञ्चार र यातायात सुविधा नरहेको जङ्गलमा भेडा चराउन ल्याइएको हुँदा ढिलो मात्र खबर जिल्लासम्म आइपुगेको थियो । गत मङ्सिर १० गते रुकुमबाट हिँडेर पुस २९ गते पाँचपोखरीमा आइपुगेका भेडा गत सातादेखि मर्न थालेका थिए । किसान प्रेमबहादुर पुन, धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुनका भेडा मरेका थिए । उहाँहरुले घरबाट आउँदा करीब ४०० बढी भेडाबाख्रा साथमा लिएर आउनुभएको बताइएको छ । रासस
News Desk 0 response शनिबार, माघ १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
सोमवार, चैत्र १०, २०८१ -
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा..
सोमवार, चैत्र १०, २०८१ -
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१