

-
झिमरुक । गौमुखी गाउँपालिकाले बजेट रकमान्तर गरेपछि किसान आन्दोलित बनेका छन् । आर्थिक वर्षको कृषि क्षेत्रलाई छुट्याएको बजेट केही समय अगाडि फेरबदल गरी अन्य क्षेत्रमा रकमान्तर गरेको भन्दै ध्यानाकर्षण भएको किसानले बताएका छन् । नेपाल व्यावसायिक बाख्रापालन सङ्घ गौमुखीका अध्यक्ष पदम केसीको अधयक्षता बसेको बैठकले विभिन्न निर्णयसमेत गरेको छ ।
रकमान्तर गरेको बजेट कृषि क्षेत्रमा नै छुट्याउन गाउँपालिकालाई आग्रह गर्ने निणर्य सङ्घले गरेको छ । अबको एक हप्ताभित्र निणर्य एवं अनुरोधलाई गाउँपालिकाले बेवास्ता गरे सङ्घर्षका कार्यक्रम गर्ने निर्णयसमेत गरिएको छ । चालु आवमा गाउँपालिकाको गौरवको आयोजना भन्दै कृषितर्फ महत्वपूर्ण बजेट छुट्याएको थियो । सामूहिक कृषि फार्म सञ्चालन गर्न वडा नं १ आर्खामा रु ३५ लाख, वडा नं ४ पुजामा रु ५० लाख र वडा नं ५ खुङमा रु ३० लाख बजेट छुट्याइएको थियो ।
त्यसैगरी बाख्रा खरीदलगायतका पशुपालनलाई टेवा पुर्याउने उद्देश्यले रु १८ लाख १२ हजार रकम विनियोजन गरिएको थियो । विज्ञको अध्ययनले गौमुखीमा बाख्रालगायत पशुपालन र आधुनिक कृषिको राम्रो सम्भावना रहेको प्रतिवेदनमा औँल्याएका थिए । वडा नं १ को कृषितर्फकोरु ३० लाख बजेट गैरकृषि क्षेत्रमा रकमान्तर गरिएको छ ।
त्यसैगरी वडा नं ४ को कृषितर्फको रु २६ लाख रकम सडकलगायत क्षेत्रमा रकमान्तर गरिएको छ भने वडा नं ५ को कृषि क्षेत्रको रु १९ लाख ३० हजार अन्य क्षेत्रमा रकमान्तर गरिएको छ । बाख्रा खरीदलगायत पशुपालनलाई टेवा पुर्याउने उद्देश्यले विनियोजित रु १८ लाख १२ हजारमध्य जनप्रतिनिधि र कर्मचारी भ्रमणमा रु पाँच लाखसहित रु १७ लाख १२ हजार रकम गैरकृषि क्षेत्रमा रकमान्तर गरिएको छ । गाउँपालिकाभित्रका ९० प्रतिशतभन्दा बढी नागरिक कृषि पेशामा आश्रित छन् ।
गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले भने कृषिको क्षेत्रमा छुट्याइएको वजेट ठोस योजना नभएका कारण अन्य क्षेत्रमा सदुपयोग गरेको बताउनुभयो । दीर्घकालीन योजनाअनुरुप कृषिविज्ञसँगको सुझावका आधारमा अर्को आर्थिक वर्षमा कृषि क्षेत्रमा काम गर्ने निणर्य गरिएको उहाँको भनाइ छ । कृषिमा छुट्याएको बजेट दुरुपयोग हुनुभन्दा अन्य क्षेत्रको विकासका लागि रकमान्तर गरिएको उहाँले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, माघ १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३
-
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



