

-
नेपालगञ्ज । पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ । जिल्लाका किसानले लगाएका आलु, गोलभेँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । ती मध्ये आलु दुई हजार ८००, गोलभेँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ ।
हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभेँडा खेतीमा क्षति भएको छ । उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ । खाल्डो जग्गामा लगाएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ । उँचो ठाउँमा लगाएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले जानकारी दिनुभयो ।
किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गर्नुभएको छ । बाँकेका आठवटै स्थानीय तहका किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । किसानको क्षतिपूर्ति बढी भएकाले कृषि ज्ञान केन्द्रले अहिले किसानको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ । रासस
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



