

-
बेनी, कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २४ सर्वसाधारणको ज्यान गएको छ । यसै साताभित्र विद्रोही लडाकूको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको अधिकारीहरुले बताएका छन् ।
अस्थिर बेनी क्षेत्रको ओइचा नजिकै २४ जनाको शव भेटिएको वरिष्ट प्रशासक डोनाट किबवानाले जानकारी दिनुभयो । यद्यपी कङ्गो अनुसन्धान समूह र मानव अधिकार वाचको संयुक्त विज्ञप्तिमा उक्त आक्रमणमा १९ जनाको ज्यान गएको उल्लेख छ ।
कङ्गोको सेनाले एडिएफ समूह विरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ । छिमेकी मुलुक युगान्डामा स्थापना भएको एडिएफ हाल कङ्गोको पूर्वमा सक्रिय छ । यो क्षेत्र लामो समयदेखि विभिन्न समूहको आक्रमणबाट आक्रान्त छ ।
कङ्गो र यसका छिमेकी मुलुकमा सक्रिय समूहहरु आम नागरिकको नरसंहारमा निरन्तर संलग्न रहेको पाइएको छ । बेनीमा अक्टोबर २०१४ देखि सक्रिय एडिएफले एक हजारभन्दा बढी नागरिकको हत्या गरिसकेको छ । यो समूह मूल रुपमा अतिवादी इस्लामिक विद्रोही समूह हो । यस समूहले शुरुका वर्षहरुमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको विरोधीका रुपमा आफूलाई उभ्याएको थियो ।
सन् १९९५ देखि यो समूह कङ्गो युद्धमा सहभागी भएको थियो र युगान्डाभित्र सैन्य कारबाही रोकेको थियो । यो समूहमा विभिन्न मुलुकका नागरिक भर्ती भएको अनुमान छ । संयुक्त राष्ट्रका विज्ञहरूले २०१८ मा यो समूहमा करिब ४५० जना लडाकू मात्र रहेको बताएका छन् । रासस/एएफपी
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



