

-
वालिङ । आम्दानीको मुख्य स्रोतका रुपमा रहेको सुन्तला बिक्री गरेर यहाँका एक सुन्तला व्यवसायीले २३ लाख बढी आम्दानी गर्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट तेइस लाख १७ हजार आम्दानी गर्नुभएको हो ।
सुन्तला व्यवसायी भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी रु २३ लाख १७ हजार आम्दानी गरेको बताउनुभयो । शुरुमा प्रतिकेजी रु ५० र अहिले प्रतिकेजी रु ८० का दरले बगैँचाबाट नै सुन्तला बिक्री गरेर उक्त आम्दानी गर्नुभएको ।
तीन वर्षमा क्रमशः २२ लाख, १७ लाख र २२ लाख सुन्तला बिक्री गर्दै आउनुभएका भण्डारीको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला हो । “गत वर्ष ४२ रोपनी क्षेत्रफलमा एक हजार ५०० सुन्तलाका बोट थिए जसमा ९०० फलेका थिए”, भण्डारीले भन्नुभयो, “यस वर्ष सात रोपनीमा थपेर २०० बोट लगाएको छु र पुराना मरेका ठाउँमा १०० बोट थप गरेको छु ।”
पुराना बोट हटाउने र उक्त ठाउँमा नयाँ बोट लगाउनाले सुन्तलाबाट वार्षिकरुपमा हुँदै आएको आम्दानी नघट्ने भण्डारीको भनाइ थियो । बुबाले ४५ वर्षदेखि थाल्नुभएको सुन्तलाखेतीलाई भण्डारीले व्यावसायिकरुपमा अगाडि बढाउनुभएको हो । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि व्यापारी सुन्तला खरिदका लागि सुन्तला बगैँचामा आउने गरेका भण्डारीले बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, माघ १७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



