

-
भिएन्टिन । युरोपेली युनियनसँग लाओसको खाद्य सुरक्षा कार्यक्रममा सघाउने सम्बन्धी एक सम्झौतामा बुधबार हस्ताक्षर भएको लाओसको कृषि तथा वन मन्त्रालयले जनाएको छ । उक्त सम्झौता बमोजिम तोकिएका वस्तु र प्रान्तका उच्च महत्वका कृषिजन्य सामग्रीको पहिचान गरिने उल्लेख छ । किसानले उत्पादन गरेका सामग्रीको बजार पहुँच स्थापना गर्न पनि यस परियोजनाले सघाउने छ । किसान र निर्यातकर्ताहरुबीचको सम्बन्ध विकास गर्न यस आयोजनाले मद्दत गर्नेछ ।
परियोजनाले बोटबिरुवाको स्वास्थ्य र बिषादीको प्रयोगलाई नियन्त्रण गर्न नियामक संरचना निर्माणमा कानुनी र प्राविधिक पक्षमा सघाउने छ । बनस्पती र खाद्य उत्पादनमा विषादीको प्रयोगका सन्दर्भमा उचित मापदण्ड अपनाएको अवस्थामा मात्र त्यस्ता वस्तुलाई युरोपेली बजारमा पहुँच हुने भएकाले पनि यो सम्झौताको कार्यान्वयन लाओसको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण मानिएको छ ।
यस सम्झौता लगत्तै विभिन्न चरणमा कार्यक्रमहरु आयोजना गरिने मन्त्रालयले स्पष्ट गरेको छ । उत्तरी लाओसको लुआङ नाम्थाका किसानका लागि खर्बुजा खेतीमा प्राविधिक सहयोग उपलब्ध हुनेछ । मध्य लाओसको भिएनटिन क्षेत्रका किसानलाई धान उत्पादनमा मद्दत गरिने छ भने लाओसका कृषिसँग सम्बन्धित विभिन्न नियामक निकायहरुको प्राविधिक क्षमता विकासमा सहयोग शुरु हुनेछ । रासस-सिन्ह्वा
News Desk 0 response बिहिबार, माघ १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३



