-
रुकुमपूर्व । यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिनुभयो ।
सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । यस क्षेत्रमा गत वर्ष पनि रु ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन् । विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उहाँहरुको भनाइ छ ।
सुन्तला राम्रो उत्पादन भए पनि यहाँको सुन्तलाले बजार भने पाउन सकेको छैन । ढुवानी र बजार समस्या हुने गरेकाले यहाँको सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन् । बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ । डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पु¥याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ ।
गत वर्ष धेरै सुन्तला कुहिएर खेर गएका वडा नं ८ का वडा सदस्यसमेत रहनुभएका सुन्तला कृषक महेश विकले बताउनुभयो । अहिले गाउँमा कृषि सडक पुगेसँगै सुन्तला ढुवानीमा केही मात्रामा सहज भएको उहाँको भनाइ छ । यसैगरी सोही ठाउँमा अर्का रामकुमार पुनले यस वर्ष सुन्तलाबाटै रु पाँचदेखि सात लाखसम्म आम्दानी गरेको बताउनुभयो ।
यस्तै अर्का सुन्तला उत्पादक किसान गोपाल पुनले पनि सुन्तला उत्पादनबाटै रु चार लाख आम्दानी गरेको जानकारी दिनुभयो । “उत्पादित सबै सुन्तला बिक्री हुने भए आम्दानी पनि अझै बढ्न जान्थ्यो”, उहाँले भन्नुभयो, “समयमै सुन्तलाले बजार पाउँदैन, सङ्कलनका लागि गाउँमा चिस्यान केन्द्र छैन ।” परम्परागत शैलीमै सल्लाको कुसुम र पराललमा सुन्तला राख्दा आधा सुन्तला कुहिएर खेर जाने गरेको उहाँको भनाइ छ ।
सुन्तला उत्पादनबाट राम्रो लाभ लिन सक्ने भए पनि पछिल्लो चरणमा भने विभिन्न रोगका कारण उत्पादनमा कमी आएको कृषक बताउँछन् । सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ । सिस्ने–८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ । उक्त क्षेत्रलाई प्रदेश नं ५ सरकारले कृषि स्मार्ट गाउँ पनि घोषणा गरेर काम अगाडि बढाएको छ । रासस
News Desk 0 response बुधबार, माघ १५, २०७६
सम्बन्धित शीर्षकहरु
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१