

-
रुकुमपूर्व । यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिनुभयो ।
सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । यस क्षेत्रमा गत वर्ष पनि रु ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन् । विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उहाँहरुको भनाइ छ ।
सुन्तला राम्रो उत्पादन भए पनि यहाँको सुन्तलाले बजार भने पाउन सकेको छैन । ढुवानी र बजार समस्या हुने गरेकाले यहाँको सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन् । बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ । डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पु¥याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ ।
गत वर्ष धेरै सुन्तला कुहिएर खेर गएका वडा नं ८ का वडा सदस्यसमेत रहनुभएका सुन्तला कृषक महेश विकले बताउनुभयो । अहिले गाउँमा कृषि सडक पुगेसँगै सुन्तला ढुवानीमा केही मात्रामा सहज भएको उहाँको भनाइ छ । यसैगरी सोही ठाउँमा अर्का रामकुमार पुनले यस वर्ष सुन्तलाबाटै रु पाँचदेखि सात लाखसम्म आम्दानी गरेको बताउनुभयो ।
यस्तै अर्का सुन्तला उत्पादक किसान गोपाल पुनले पनि सुन्तला उत्पादनबाटै रु चार लाख आम्दानी गरेको जानकारी दिनुभयो । “उत्पादित सबै सुन्तला बिक्री हुने भए आम्दानी पनि अझै बढ्न जान्थ्यो”, उहाँले भन्नुभयो, “समयमै सुन्तलाले बजार पाउँदैन, सङ्कलनका लागि गाउँमा चिस्यान केन्द्र छैन ।” परम्परागत शैलीमै सल्लाको कुसुम र पराललमा सुन्तला राख्दा आधा सुन्तला कुहिएर खेर जाने गरेको उहाँको भनाइ छ ।
सुन्तला उत्पादनबाट राम्रो लाभ लिन सक्ने भए पनि पछिल्लो चरणमा भने विभिन्न रोगका कारण उत्पादनमा कमी आएको कृषक बताउँछन् । सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ । सिस्ने–८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ । उक्त क्षेत्रलाई प्रदेश नं ५ सरकारले कृषि स्मार्ट गाउँ पनि घोषणा गरेर काम अगाडि बढाएको छ । रासस
News Desk 0 response बुधबार, माघ १५, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



