

-
नोमपेन्ह । कम्बोडियाको अर्थतन्त्र सन् २०२० मा सुदृढ रहने आसियान अनुसन्धान कार्यालय (आम्रो) ले प्रक्षेपण गरेको छ । आम्रोका अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादन सन् २०१९ र २०२० मा करिब ७.१ प्रतिशतको स्थिर अवस्थामा रहने छ । मुलुकको सुदृढ निर्माण कार्यहरु, बलियो घरेलु लगानी वृद्धि तथा बढ्दो घरेलु मागका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हो ।
मुद्रास्फिती भने यस वर्ष २.३ प्रतिशतले वृद्धि हुनेछ जुन गत वर्षको २.१ प्रतिशतभन्दा केही बढी हो । आम्रोले बुधबार जारी गरेको विज्ञप्तिमा एउटा क्षेत्रमा अर्थतन्त्र बढी निर्भर रहेकाले त्यसलाई विस्तार गर्नुपर्ने उल्लेख छ । कम्बोडियाको बजार खासगरी युरोपेली मुलुकमा मात्र केन्द्रित रहेको छ ।
युरोपेली युनियनले कम्बोडियासँगको व्यापारमा कटौती गरेमा त्यसले कम्बोडियाली अर्थतन्त्रमा गम्भीर असर पुर्याउने आम्रोको भनाई छ । युरोपेली युनियनले गत वर्ष फेब्रुअरीमा कम्बोडियाको मानव अधिकार र श्रम अधिकार सम्बन्धी विषयमा चासो व्यक्त गर्दै कम्बोडियामा यी दुई क्षेत्रमा सुधार गर्न चेतावनी दिएको थियो । युनियनले कम्बोडियाले यी दुई क्षेत्रमा पर्याप्त सुधार नगरे स्वतन्त्र व्यापार पहुँच नदिने बताएको थियो ।
अतिकम विकसित मुलुकको सूचीमा परेको कम्बोडियालाई युनियनले केही दशकदेखि हातहतियार र गोलाबारुद बाहेकका सबै किसिमका वस्तुहरुलाई युरोपेली बजारमा भन्सार छुट (ड्युटी–फ्री) मा प्रवेश दिएको छ ।
युरोपेली युनियनमा कम्बोडियाबाट सन् २०१८ मा करिब ५ अर्ब ८६ करोड अमेरिकी डलरको सामान निर्यात भएको थियो । तीमध्ये तयारी पोशाक र जुत्ताचप्पलको निर्यात करिब दुई तिहाई रहेको थियो । यस क्षेत्रमा करिब एक हजार १०० कारखाना रहेका र त्यहाँ करिब ७ लाख ५० हजारले रोजगारी पाएका छन् । गत वर्ष मार्चमा कम्बोडिया सरकारले युरोपेली बजारको परनिर्भरता हटाउन विभिन्न सुधारका कदमहरु घोषणा गरेको थियो । रासस-सिन्ह्वा
News Desk 0 response बुधबार, माघ १५, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



