• काठमाडौं ।

    उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनमा दिनेश श्रेष्ठले उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् । जिल्ला नगर उपाध्यक्षमा श्रेष्ठले उमेदवारी दिने भएका हुन् । बिशौ बर्षदेखि उद्योग ब्यवसायमा संलग्न श्रेष्ठलाई उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको बैठकमा उमेदवारको रुपमा प्रोत्साहन गरिएको थियो । मंगलवार भएको वागमती प्रदेशको बैठकमा श्रेष्ठको उम्मेदवारीका बारेमा निक्र्यौल निकालिएको एक सदस्यले बताए ।

    यस अघि प्रदेशको अध्यक्षसमेत रहेका श्रेष्ठ ब्यवसायीबीच लोकप्रिय ब्यक्ति पनि भएका कारण उहाँलाई जिल्ला नगर उपाध्यक्षमा प्रदेशकै तर्फबाट उमेदवारीको प्रस्ताव गरिएको बैठकमा सहभागी एक सदस्यले बताए ।