

-
गाईघाट । उदयपुर जिल्लाका मध्यपहाडी तथा उत्तरीपहाडी क्षेत्रका किसानले अहिले मकैको बीउ जोहो गर्न थालेका छन् । गत वर्षको खडेरीका कारण मकैबाली नष्ट भएर बीउसमेत बचाउन नसकेका उनीहरुले मकैबाली लगाउने सिजन आउनै लाग्दा बीउको जोहो गर्न थालेका हुन् ।
लामो समयसम्म पानी नपरेर खडेरी लागेका कारण उदयपुरको मध्यपश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र उत्तरी दुर्गम पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाकामा सम्पूर्ण मकैबाली नष्ट भएको थियो । फागुन लाग्नासाथ मकैबाली लगाउन शुरु गर्नुपर्ने हुनाले अहिले यस क्षेत्रका कृषकले मकैको बीउ जोहो गर्न थालेका छन् ।
लिम्चुङबुङ गाउँपालिकाको बलम्ता, जाँते, बराह, ताम्लीछा तथा बाँसबोटेका कृषक राम्रो उत्पादनयुक्त मकैको बीउको खोजी तथा जोहोमा लागेको जाँतेका अम्बरबहादुर बुढाथोकीले बताउनुभयो । अब माघ बित्न लागेको र फागुनको दोस्रो हप्ताबाट गाउँघरमा मकैखेती शुरु गर्नुपर्ने हुनाले आफूहरु राम्रो मकैको बीउको जोहो गर्ने काममा लागेको उहाँले बताउनुभयो ।
यस्तै लिम्चुङबुङ गाउँपालिका–५ बलाम्ताका अर्का कृषक डिकबहादुर राईका अनुसार अब दिनदिनै गाउँघरमा मकैखेती गर्ने सिजन शुरु भएका कारण आफूहरु पनि मकैको बीउ व्यवस्थापन गर्नतिर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटकको खडेरीले मकै मात्र होइन, कोदोसमेत सबै डढाएर स्वाहा बनायो, अब मकैको बीउसमेत गाउँघरमा छैन, अहिले आफूहरु मकैको बीउको खोजीमा छौँ, छिमेकी जिल्ला खोटाङतिर पनि खडेरीले मकै मरेका कारण बीउ अभाव छ, मकैको पहाडी बीउनै आवश्यक हुनाले भोजपुर वा धनकुटातिर बीउको जोहोका लागि आफूहरु जान लागेका छौँ ।”
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले कृषक मकैको बीउ व्यवस्थापनमा चिन्तित बन्न थालेको हुँदा गाउँपालिकाले आफैं बीउको जोहो गर्ने प्रयासमा लागेको बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, माघ १४, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



