

-
काभ्रेपलाञ्चोक । प्रहरीले बनेपाको विभिन्न होटलबाट करीब दुई हजार ५०० लिटर घरेलु मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोलीले सोमबार साँझ उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरेको हो ।
बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत होटलको अनुगमन गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार बरामद गरिएको होटललाई ‘आइन्दा घरेलु मदिरा बिक्री–वितरण नगर्न’ सचेत गराइएको छ ।
बरामद मदिरा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बनेपा नगरपालिका–५ चप्लेटीमा नष्ट गरिएको छ । प्रनि तिमल्सिनाले बनेपा नगरलाई घरेलु मदिरामुक्त बनाउन अनुगमनलाई तीव्रता दिइने बताउनुभयो ।
यसैगरी बनेपामा सुरक्षा एवं अवैध सामग्री बिक्रीवितरमा प्रहरीले निगरानी बढाएको छ । प्रहरीले गतसाता बनेपा बसपार्क र चाँदनीचोकस्थित मोबाइल पसलबाट राजश्व छलिएका ३० थान ब्राण्डेड मोबाइल सेट बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।
“विनादर्ता पसलमा राजश्व छलेका मोबाइल विक्री भइहेको सूचना प्राप्त भएको छ, यसमा विशेष निगरानी बढाएका छौँ”, प्रनि तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार बनेपा राजधानी भित्र्याइने राजश्व छलेका मोबाइल सेटको एउटा ‘ट्रान्जिट प्वाइन्ट’ नै पाएपछि निगरानी बढाएर पसल सञ्चालकलाई खरीद–बिक्रीको बिलबिजक साथमै राख्न आग्रह गरिएको छ । रासस
News Desk 0 response मङ्लबार, माघ १४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



