

-
सिड्नी । सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सुचना भने जारी गरिएको छैन । स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ बजे सो भूकम्प आएको थियो ।
राजधानी होनीआराबाट करिब १४० किलोमिटर दक्षिणपूर्वमा समूद्रको सतहबाट १७.७ किलोमिटर गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको युएसजिएसले जानकारी दिएको छ । यस भूकम्पपछि हालसम्म सुनामीको कुनै चेतावनीको सूचना भने जारी नगरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।
सो भूकम्पको कारण हालसम्म धन जनको क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ । सोलोमोन द्वीपमा बारम्बार भूकम्प आएको पाइन्छ । सन् २०१३ मा सोलोमोन द्वीपमा ८.० म्याग्नीच्युडको भूकम्प गएपछि आएको सुनामीमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ व्यक्ति घरवारविहीन भएका थिए । रासस/एएफपी
News Desk 0 response सोमवार, माघ १३, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



