

-
वीरगञ्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि किसान निराश भएका छन् । कार्यालयले एक सूचना प्रकाशित गरी माघ १० गतेदेखि धान खरिद गर्न बन्द गरेपछि धान बेच्न आउने किसान निराश भई घर फर्किन बाध्य भएका हुन् ।
एकाबिहानै ट्र्याक्टरमा धान लिएर वीरगञ्जको मुर्लीस्थित कम्पनीको शाखा कार्यालयमा पुग्दा धान खरिद गर्न बन्द गरेको थाहापाएपछि निराश भई घर फर्केका वीरगञ्ज महानगरपालिका–२४ रामगढवा किसान विजय पण्डितले भन्नुभयो, “कार्यालयले एकाएक धान खरिद गर्न बन्द गरेपछि हामीले सस्तो दरमा निजीस्तरका गल्ला व्यापारीलाई बेच्नुपर्ने बाध्यता आइपुगेको छ ।”
अचानक सो सूचना प्रकाशित गरी धान खरिद स्थगित गरे पनि अहिले पनि सो कार्यालयमा दैनिक तीनदेखि ६ सय क्विन्टल धान बिक्री गर्न किसान आउने गरेको छ । तर धान खरिदको काम बन्द भएपछि किसान निराश भई घर फर्किन बाध्य भएको सो कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले राससलाई बताउनुभयो ।
जिरा मन्सुली पाँच हजार क्विन्टल तथा सोना मन्सुली २० हजार क्विन्टल गरी कूल २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा कार्यालयले जिरा मन्सुली ३२ क्विन्टल २५० केजी तथा सोना मन्सुली १९ हजार ९९९ क्विन्टल २० केजी खरिद गरिसकेको छ । निजी गल्ला व्यापारीले जीरा मसिनो धानप्रति क्विन्टल तीन हजार २० रुपैयाँमा खरिद गर्ने गरेको छ भने कार्यालयले सो धान प्रतिक्विन्टल तीन हजार एक सयमा खरिद गर्ने गरेको छ । रासस
News Desk 0 response सोमवार, माघ १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२