

-
बैतडी । फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ । जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानले फलफूलका बिरुवाबाट मनग्य आम्दानी गरिरहेका हुन् ।
दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नया गाउँपालिका–२ बासुलिङ्गका किसानले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर किसानले आम्दानी गर्न थालेका हुन् । निजी नर्सरीमा फलफूलका बिरुवा उत्पादन गरेर यहाँका किसानले आम्दानी गर्ने गरेका हुन् । प्रत्येक वर्ष आफूले निजी नर्सरीबाट वार्षिक रु छ लाखभन्दा बढी कमाउने गरेको किसान देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो निजी नर्सरीबाट हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु बिक्री हुने गरेको छ ।”
निजी नर्सरी नै परिवार पाल्ने माध्यम बनेको दशरथचन्द नगरपालिका–१ कलौनका किसान परमानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो निजी नर्सरीबाट बर्सेनि देशका विभिन्न स्थानमा फलफूलका बिरुवा बिक्री हुने गरेको छ ।” दशरथचन्द नगरपालिका–१ मा १९ र सुर्नया गाउँपालिका–२ मा तीनवटा निजी नर्सरी रहेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिनुभयो ।
“किसानले निजी नर्सरीबाटै लाखौँ आम्दानी गर्ने गरेको छ”, उहाँले भन्नुभयो, “सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्सेनि लाखौँका बिरुवा बिक्री हुने गरेको छ ।” हिउँदे फलफूलका बिरुवा रोप्ने समय शुरु भएकाले अहिले निजी नर्सरी तथा सुख्खा फलफूल विकास केन्द्रबाट फलफूलका बिरुवा बिक्री भइरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख डम्मर भाटको भनाइ छ ।
सतबाँझमा जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको बताइएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये बैतडीमा मात्रै फलफूलका निजी नर्सरी रहेका छन् ।
विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ ।
जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिँदै आएको छ । रासस
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



