

-
महोत्तरी । महोत्तरीसहितका किसानलाई केशोर र बयरको माग पूरा गराउन अहिले भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा ती मीठो फलको माग बढेको हो । सरस्वतीको पूजामा ती फल देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्पराले रही आएको छ । किसान अहिले केशोर खन्न, खनिएको फल धुन र बजार पुर्याउन व्यस्त देखिएका छन् । जिल्लाको बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरक्षेत्रमा व्यावसायिकरूपमा खेती गरिदैँ आइएको छ । बयरखेती गर्ने किसान पनि अहिले बयर टिप्न र बजार पुर्याउन व्यस्त छन् ।
“ बिहीबार नै श्रीपञ्चमी पर्व छ, बुधबार नै माग गरिएका ठाउँमा सामग्री पुर्याइदिनपर्छ”, महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका बयरखेती गरेका किसान दीपनारायण चौधरी थारूले भन्नुभयो, “के गरौँ बाबु, बयर बिक्ने बेला यही हो, पछि यसको खोजी खासै कसैले गर्दैनन् ।”
बयरखेती खासै नफस्टाए पनि बिघौँबिघा केशोरखेती गर्ने किसानचाहिँ प्रशस्त छन् । बर्दिवास– ६, ७, ८, ९ , १२ र १३ मा केशोर मुख्य खेतीकै रुपमा गर्ने गरिएको छ । नदीउकास जग्गाको बलौटे माटो भएको खेतबारीमा राम्रो फस्टाउने खेती भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रमा गरेको देखिन्छ । वसन्तपञ्चमीमा बढी माग हुने गरेकाले अहिले खन्ने चटारो परेको बर्दिवास–७ का किसान पुष्प पौडेलले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



