

-
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २ को राजविराजमा उडान शुरु गर्दैछ भने क्षेत्रीय उडानका रुपमा माघ २० गतेदेखि विराटनगरबाट पोखरा उडान सञ्चालन गर्ने जनाएको छ ।
बुद्धले काठमाडौँ–राजविराज दैनिक उडान गर्नेछ । उडानको समय काठमाडौँबाट ११ः२५ र राजविराजबाट १२ः२० निर्धारण गरिएको विज्ञप्तिमार्फत जनाएको छ । यो गन्तव्यको उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्नेछ । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ । राजविराज विमानस्थलमा निजी क्षेत्रको अर्को वायु सेवा प्रदायक कम्पनीले सातामा तीन दिन उडान गर्दै आएको छ ।
बुद्ध एयरले क्षेत्रीय उडान विस्तारका क्रममा पोखरा–विराटनगर रुटमा पनि उडान गर्न लागेको छ । यो गन्तव्यमा उडान अवधि एक घण्टा पाँच मिनेटको हुनेछ । यो रुटमा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले क्षेत्रीय उडानका रुपमा यसअघि पोखराबाट चितवन र भैरहवा उडान गर्दै आएको छ । बुद्ध एयरसँग एटिआर ११ र दुई बिजक्राफ्ट गरी १३ जहाज सञ्चालनमा छ । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



