

-
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ का ५६ वर्षीय विष्णुकुमार मल्ल सदरमुकाम दमौलीमा २५ वर्ष व्यापार गरी अहिले गाउँमा फर्केर व्यावसायिक माछापालन थाल्नुभएको छ । दमौली डाग्रीखोल्सीस्थित फेन्सी पसल बिक्री गरेर एक वर्षदेखि मल्ल माछापालनमा सक्रिय हुनुहुन्छ ।
उहाँले १५ रोपनीमा आठ पोखरी बनाउनुभएको छ । पोखरीमा ग्रास, कमन, सिल्भर, नैनी, रहुलगायतका माछा छन् । शुरुमा आठ हजार माछाका भुरा पोखरीमा राख्नुभएका मल्लले पाँच हजार बिक्री गर्दा रु तीन लाख आम्दानी गरी सकेको बताउनुभयो ।
पछिल्लो समय गाउँका युवापुस्ता विदेशीने क्रम बढ्न थालेको छ । उनीहरुलाई गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले व्यवसाय थालेको मल्लले सुनाउनुभयो । रेड गार्डेन कम्पनी जर्मनमा पाँच वर्षको अनुभव बटुल्नुभएका मल्ल तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका पूर्वसभापतिको साथै विभिन्न सङ्घसंस्थामा सक्रिय भएर काम गर्दै आउनुभएको छ । शुरुमा रु २५ लाख लगानी गरेको बताउँदै मल्लले एक रोपनीमा जति धान उत्पादन हुन्छ, त्यसको चार गुना बढी माछा उत्पादन हुने भएकाले आफू यसतर्फ आकर्षित भएको जानकारी दिनुभयो । मल्लले माछा पोखरीमा आवश्यकताअनुरुप चार/पाँचजनालाई रोजगारी दिनुभएको छ । माछा पोखरीमा धेरै सर्प हानिकारक भए पनि केही भने लाभदायक हुने उहाँले अनुभव सुनाउनुभयो ।
पोखरीमा सर्प नहुने हो भने मुसा र भ्यागुताले पोखरीको डिल भत्काइ दिँदा पोखरीको पानी रित्तिने सम्भावना रहेकाले माछा पोखरीमा सर्प आवश्यक हुने गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहमै माछा बिक्री
त्यहा उत्पादन गरिएका माछाको लागि बजारको कुनै पनि अभाव छैन । उत्पादित माछा दमौली बजार खपत हुन्छ । उहाँले भन्नुभयो, “कतिपय मानिस त पोखरीमा नै लिन आउँछन् ।” माछाको त्यहाँ प्रतिकिलो रु ४०० पर्छ । ठूला ठूला व्यवसायीले प्रतिकिलो रु २०० मा माग्ने गरेकाले दुःख लाग्ने गरेकाले स्थानीय तहमै ताजा माछा बिक्रीको व्यवस्था गरिएको छ । हालै सम्पन्न सातौँ तनहुँ महोत्सवमा १२५ किलोग्रामको माछा बिक्री गर्न सफल भएको मल्लले जानकारी दिनुभयो । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



