-
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ का ५६ वर्षीय विष्णुकुमार मल्ल सदरमुकाम दमौलीमा २५ वर्ष व्यापार गरी अहिले गाउँमा फर्केर व्यावसायिक माछापालन थाल्नुभएको छ । दमौली डाग्रीखोल्सीस्थित फेन्सी पसल बिक्री गरेर एक वर्षदेखि मल्ल माछापालनमा सक्रिय हुनुहुन्छ ।
उहाँले १५ रोपनीमा आठ पोखरी बनाउनुभएको छ । पोखरीमा ग्रास, कमन, सिल्भर, नैनी, रहुलगायतका माछा छन् । शुरुमा आठ हजार माछाका भुरा पोखरीमा राख्नुभएका मल्लले पाँच हजार बिक्री गर्दा रु तीन लाख आम्दानी गरी सकेको बताउनुभयो ।
पछिल्लो समय गाउँका युवापुस्ता विदेशीने क्रम बढ्न थालेको छ । उनीहरुलाई गाउँघरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले व्यवसाय थालेको मल्लले सुनाउनुभयो । रेड गार्डेन कम्पनी जर्मनमा पाँच वर्षको अनुभव बटुल्नुभएका मल्ल तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका पूर्वसभापतिको साथै विभिन्न सङ्घसंस्थामा सक्रिय भएर काम गर्दै आउनुभएको छ । शुरुमा रु २५ लाख लगानी गरेको बताउँदै मल्लले एक रोपनीमा जति धान उत्पादन हुन्छ, त्यसको चार गुना बढी माछा उत्पादन हुने भएकाले आफू यसतर्फ आकर्षित भएको जानकारी दिनुभयो । मल्लले माछा पोखरीमा आवश्यकताअनुरुप चार/पाँचजनालाई रोजगारी दिनुभएको छ । माछा पोखरीमा धेरै सर्प हानिकारक भए पनि केही भने लाभदायक हुने उहाँले अनुभव सुनाउनुभयो ।
पोखरीमा सर्प नहुने हो भने मुसा र भ्यागुताले पोखरीको डिल भत्काइ दिँदा पोखरीको पानी रित्तिने सम्भावना रहेकाले माछा पोखरीमा सर्प आवश्यक हुने गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहमै माछा बिक्री
त्यहा उत्पादन गरिएका माछाको लागि बजारको कुनै पनि अभाव छैन । उत्पादित माछा दमौली बजार खपत हुन्छ । उहाँले भन्नुभयो, “कतिपय मानिस त पोखरीमा नै लिन आउँछन् ।” माछाको त्यहाँ प्रतिकिलो रु ४०० पर्छ । ठूला ठूला व्यवसायीले प्रतिकिलो रु २०० मा माग्ने गरेकाले दुःख लाग्ने गरेकाले स्थानीय तहमै ताजा माछा बिक्रीको व्यवस्था गरिएको छ । हालै सम्पन्न सातौँ तनहुँ महोत्सवमा १२५ किलोग्रामको माछा बिक्री गर्न सफल भएको मल्लले जानकारी दिनुभयो । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१