-
दमौली । तनहुँको सबैभन्दा ठूलो सिँचाइ आयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको छ । घिरिङ गाउँपालिका–१ स्थित अत्रौली पुट्टार सिँचाइ उपआयोजनाको नहर मर्मतको काम ९५ प्रतिशत सम्पन्न भएको हो ।
छ वर्षअघि पहिराले भत्काएर बन्द रहेको आयोजनाको नहर मर्मतका लागि विसं २०७२ माघदेखि काठमाडौँस्थित रायमाझी कन्सट्रक्शन प्रालिले काम गरेको थियो । आयोजनाको म्याद पुस मसान्तमा सकिएकाले हाल मर्मतको काम पनि रोकिएको अत्रौली पुट्टार जल उपभोक्ता समितिका अध्यक्ष रामजी अर्यालले जानकारी दिनुभयो । “विभिन्न समस्याका कारण तोकिएको समयभित्रै नहर मर्मतको काम हुन सकेन”, उहाँले भन्नुभयो, “म्याद थप गर्न सिँचाइ कार्यालयले एशियाली विकास बैंकलाई अनुरोध गरेको छ ।”
साढे १८ किलोमिटर आयोजनाको मर्मतका लागि विसं २०७५ मङ्सिरमा र विसं २०७६ जेठमा पनि म्याद थप भएको अर्यालले जानकारी दिनुभयो । एशियाली विकास बैंकको लगानीमा नहर मर्मतका लागि विसं २०७२ असोज १७ गते सिँचाइ विभाग र सिँचाइ योजना जल उपभोक्ता समितिबीच सम्झौता भएको थियो । विसं २०७२ मङ्सिर १८ गते बोलपत्र स्वीकृत भई माघदेखि रायमाझी कन्सट्रक्शन प्रालि काठमाडौँले नहर मर्मतको काम शुरु गरेको थियो । एशियाली विकास बैंक (एडिबी) ले नहर मर्मतका लागि रु २० करोड ८० लाख सहयोग गरेको थियो ।
विसं २०६९ मा गएको भीषण पहिराले आयोजनाको नहर भत्किँदा आयोजना अवरुद्ध बनेको थियो । पहिराले अवरुद्ध भएको सिँचाइ योजना नहर मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । आर्थिक वर्ष २०७१/७२ मा नेपाल सरकारले विनियोजन गरेको रु १५ लाख र स्थानीय उपभोक्ताको रु दुई लाख २५ हजार जनश्रमदानमा योजना आंशिकरूपमा सञ्चालन भएको थियो ।
नहरबाट गाउँपालिकाका बैडी, अत्रौली, पुट्टार क्षेत्रको करीब छ हजार ६०० रोपनी जमीनमा सिँचाइ सुविधा पुगेको थियो । बैडी र अत्रौली क्षेत्रमा सानो मात्रामा पानी आए पनि पुट्टार क्षेत्रमा सिँचाइका लागि पानी नआएको छ वर्षभन्दा बढी भएकामा गत वर्ष मात्रै योजनाको पुछार (पुट्टार) सम्म पानीको सुविधा पुगेको थियो । अर्यालका अनुसार साइफन मर्मत नभएका कारण पुट्टारसम्म पानी आउन सकेको थिएन । हाल साइफन मर्मत सम्पन्न भएको छ । सिँचाइ आयोजनाबाट यहाँका ८६० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । रासस
News Desk 0 response शुक्रबार, माघ १०, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१