

-
जाकार्ता । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा दुर्घटना हुदा कम्तीमा दश जना यात्रु वेपत्ता भएका उद्धारकर्ताले बिहीबार जनाएका छन् । इन्डोनेसियाली कामदारहरु बोकेर मलेसियातर्फ जान लागेको सो डुङ्गा बुधवार साँझ रुपाट टापू नजिक डुबेको प्रान्तीय खोजी तथा उद्धार कार्यालयका प्रमुख इशक ताहिरले बताउनु भएको छ ।
स्थानीय नाविकहरुले उद्धार गरेपछि १० जना कामदार दुर्घटनाबाट बचेका पनि ताहिरले बताउनु भएको छ । हराएका यात्रुहरुको खोजी र उद्धार भइरहेको बताइएको छ । यस उद्धारकार्यमा सुरक्षाकर्मी र उद्धार कार्यालयका कर्मचारीहरु लागेका छन् । त्यसैगरी मलेसियाबाट पनि उद्धारकर्मीहरुको सहभागीता रहेको जनाइएको छ ।
उक्त उद्धार तथा खोजी अभियान रुपाउ टापूको उत्तरी र पूर्वी भागमा पर्ने इलाकामा पनि भएको ताहिरले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । मलेसियाका उद्धारकर्ताहरुलाई रुपाउ द्वीपको सिमानामा र मलेसियातर्फको जलक्षेत्रमा पनि खोजी गरी सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । इन्डोनेसियाको विशाल द्वीपहरुमा आवतजावतको लागि यातायातको प्रमुख साधन डुङ्गा नै भएको तर सुरक्षा मापदण्डको अभावमा बारम्बार समुद्रमा दुर्घटना हुने गरेको पाइन्छ । रासस/सिन्ह्वा
News Desk 0 response बिहिबार, माघ ९, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



