

-
चिप्लेढुङ्गा । पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जित्नुभएको छ । ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । एसियन एमेच्योर रहनुभएका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गर्नुभएको थियो भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आउनुभएको छ ।
त्यसैगरी प्रतियोगितामा पाँच अङ्कसहित महेश्वर अधिकारी दोस्रो हुनुभयो । उहाँले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । बुद्धिराज शर्माले ४.५ अङ्कसहित तेस्रो स्थान हासिल गर्दै रु १० हजार पाउनुभयो । अनील कोइराला चार अङ्कसहित चौथो र विनोद नाल्मी चार अङ्कसहित पाँचौँ हुनुभयो ।
News Desk 0 response बिहिबार, माघ ९, २०७६
दशौँ स्थानसम्म पर्न सफल सागर साई, विश्व पराजुली, युवराज भण्डारी, रामबहादुर क्षेत्री, वीरबहादुर परियारले जनही एक हजार नगद जित्न सफल हुनुभयो । विजेतालाई युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा ३० खेलाडीको सभागिता थियो । रासस

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



