

-
काठमाडौँ । व्यक्तिगत व्यवसाय विस्तारका लागि जग्गा सम्याउदा सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुगे त्यसले पार्ने प्रभाव कति विकराल होला, आम मानिसले सहजै अनुमान गर्न सक्छन् । यस्तै भएको छ मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारणलाइनमा । सो प्रसारणलाइनको २०५ नम्बर टावर पहिरोको जोखिममा परी ढल्ने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५को कुरिनटारस्थित मनकामना केबलकार जानेद्वार नजिकै रहेको एक स्थानीयवासीले जग्गा सम्याउनका लागि खन्दा टावर ढल्ने अवस्थामा पुगेको हो । स्थानीय जग्गाधनी परशुराम घिमिरेले पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा होटल खोल्न भिरालो जग्गा सम्याउदा पहिरो गएको छ ।
पहिरो कारण त्यसभन्दा माथि रहेको टावरको जगमा असर परी टावर नै ढल्ने जोखिमयुक्त अवस्थामा पुगेको छ । मस्र्याङ्दी नदी बेसिनमा हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको करीब १०० मेगावाट विद्युत् मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौंँमा आपूर्ति भइरहेको छ ।
पहिरोका कारण टावर ढलेमा काठमाडौँ उपत्यकामा एकातर्फ मागअनुसार विद्युत् आपूर्ति गर्न नसकी बाध्यकारी रुपमा विद्युत् कटौती हुनसक्ने अवस्था आउन सक्ने तथा उत्पादित विद्युत् प्रवाह नहुँदा खेर फाल्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त टावरमा समस्या देखिएको जानकारी दिनुभयो । उहाँले टावर ढल्ने जोखिम बढेर गएकाले सुरक्षात्मक उपाय नअपनाइ खन्ने कार्य बन्द गर्न स्थानीय जग्गाधनीलाई आग्रह गरेकोसमेत बताउनुभयो ।
“भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ पहिरो जाने र टावर नै ढल्नसक्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो, “मैले जग्गाधनीलाई टावर ढलेर त्यसबाट उत्पन्न हुने हानी नोक्सानीको जिम्मेवारी तपाईंले नै लिनुपर्ने छ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नुपर्ने जानकारी गराएको छु ।”
आफूसँग जग्गाधनी घिमिरेले त्यस्तो अवस्था आउला भनेर नसोचेको बताएको उहाँले जानकारी दिनुभयो । प्राधिकरणले गत वर्षको पुसमा नै घिमिरेलाई पत्राचार गर्दै जग्गा खन्दा टावर ढल्ने सम्भावना रहेकाले टावरलाई असरपर्ने कार्य रोक्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको थियो । तर, खन्ने कार्य नरोकिएको र सुरक्षात्मक उपाय पनि नअपनाइकाले टावर झनै जोखिममा परेको हो ।
प्राधिकरणले आज पुनः पत्र पठाउँदै गतवर्ष गरिएको पत्राचार विपरीत खन्ने कार्य जारी राख्दा र सुरक्षात्मक कदम नचाल्दा टावर ढल्ने जोखिम बढेकाले तत्काल खन्ने कार्य रोकी सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । “करीब १०० मेगावाट पावर आपूर्ति भइरहेको मुलुकको राजधानी केन्द्रित उक्त प्रसारणलाइनमा अवरोध उत्पन्न भएमा त्यसले ठूलो क्षति निम्त्याउन सक्ने र तपाईंबाट सिर्जित अवस्थाको जिम्मेवार तपाईं स्वयं हुने व्यहोरा पुनःस्मरण गराउँदै यथाशीघ्र सुरक्षात्मककार्य सम्पन्न गर्न गराउन जानकारी गराइन्छ ”, प्राधिकरणले जग्गाधनी घिमिरेलाई लेखेको पत्रमा उल्लेख छ । रासस
News Desk 0 response मङ्लबार, माघ ७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



