

-
काठमाडौँ । नेपाल आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई एक वर्षका लागि ‘टाइटल’ प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतासँगै निगमले मनाङ मस्र्याङ्दीलाई रु ३५ लाख उपलब्ध गराएको छ । निगमका कार्यकारी निर्देशक पौडेलले क्लबका अध्यक्ष गुरुङलाई प्रायोजन रकममध्ये ५० प्रतिशत रकमको चेक हस्तान्तरण गर्नुभयो ।
निगमको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले क्लबलाई मुख्य प्रायोजन गर्ने घोषणा गर्नुभएको थियो । निगमले बाँकी रकम एक वर्षभित्र उपलब्ध गराउनेछ । आठ पटकसम्म राष्ट्रिय लिग च्याम्पियन बनेको क्लबका लागि यो हालसम्मकै सर्वाधिक ठूलो प्रायोजन हो ।
सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले खेलकूद क्षेत्रलाई उत्थान गर्न निगमले थप स्रोतसाधन परिचालन गर्ने बताउनुभयो । “यो शुरुआत मात्र हो”, उहाँले भन्नुभयो, “अब निगमले नेपाली फुटबलमा योगदान गर्नेछ । यो सहयोग मनाङको मात्रै नभएर नेपाली फुटबलका लागि पनि हो ।” उहाँले यसअघि आर्थिक स्थिति बलियो नहुँदा निगम खेलकूदबाट बाहिर रहेपनि अबका दिनमा खेलकूद क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा शेर्पाले निगमले प्रायोजन गरेसँगै नेपाली फुटबलको विकासमा थप योगदान मिलेको बताउनुभयो । “निगमको सहयोगसँगै नेपाली फुटबलले पुनः जीवन पाएको छ ।” क्लबका अध्यक्ष गुरुङले निगमको प्रायोजनसँगै नेपाली फुटबल नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो । “अब क्लब र संस्थालाई उच्च प्राथमिकता दिई खेलाडी प्रस्तुत हुनेछन्”, उहाँले भन्नुभयो । निगम र क्लबबीच भएको सम्झौताले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँको विश्वास थियो ।
सो अवसरमा निगमका कार्यकारी निर्देशक पौडेलले निगमको प्रतीक चिह्न अङ्कित जर्सी क्लबका कप्तान कलम श्रेष्ठ र सहकप्तान अञ्जन विष्टलाई हस्तान्तरण गर्नुभएको थियो । मनाङ मस्र्याङ्दीले एक वर्षसम्म निगमको लोगो अङ्कित जर्सी प्रयोग गर्नेछ । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१